सिरहामा आरडीटी कीट अभाव भएपछि सुरक्षित राख्न चुनौती !
नेपालबहस संवाददाता
बैशाख ३१, २०७७ बुधबार २१:१८:४६
३१ बैशाख, लहान । प्रदेश नं २ को आठ जिल्लामध्ये अहिलेसम्म कोरोना सङ्क्रमित पुष्टि नभेटिएको सिरहामा ¥यापिड डाइग्नोष्टिक टेष्ट ‘आरडीटी’ कीटको अभाव भएको छ । जिल्लामा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा कीटको अभाव भएको हो । कीट अभाव भएपछि परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
सिरहासँग जोडिएका प्रदेश नं २ को सप्तरी र धनुषा तथा प्रदेश नं १ को उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको प्रदेश नं २ को एक्लो जिल्ला सिरहामा जोखिम बढेको छ तर परीक्षण गर्ने आरडीटी कीटको अभाव हुँदा परीक्षण प्रभावित भएको प्रमुख यादवले बताए ।
“करिब दुई साताअघि ६०० कीट आएको थियो”, प्रमुख यादवले भने, “आएको कीट सबै प्रयोग भइसकेको छ, अब हामीसँग कीट छैन ।” दैनिक जाँचका लागि विभिन्न स्थानीय तहबाट १०० हाराहारीमा कीटको माग भइरहेको छ, तर अभावका कारण दिन सकिरहेका छैनौँ, प्रमुख यादवको भनाई छ ।
कीट पठाइदिन प्रदेश नं २ को स्वास्थ्य निर्देशसनालय र सामाजिक विकास मन्त्रालयसँग माग गरेको र आएपछि आरडीटी जाँच अघि बढाउने प्रमुख यादवले बताए । कीटकै अभावमा सिरहा जिल्लामा कोरोना परीक्षणको दर बढ्न सकेको छैन । हालसम्म सिरहामा ४६० जनाको पीसीआर परीक्षण भएको छ भने ५५० जनाको आरडीटी परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । जाँच भएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख यादवले जानकारी दिए । सिरहामा एकजना मात्र धनगढीमाई नगरपालिकास्थित गेनाई मेमोरियल अस्पतालको आइसोलेसनमा रहेका छन् ।
यता पूर्वको सप्तरी, पश्चिमतर्फको धनुषा, उत्तरतर्फको उदयपुर र दक्षिण भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको सिरहालाई सुरक्षित राख्ने चुनौती बढेको छ । प्रदेश नं २ को सिरहाबाहेक सातवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । पर्सामा ८२, बारा र रौतहटमा तीन–तीन, महोत्तरी र धनुषामा दुई–दुई र सर्लाही र सप्तरीमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।
कोरोना प्रभावित जिल्लाका साथै खुला सीमानाका कारण भारतबाट समेत लुकीछिपी मानिस आउजाउ गरिरहेका कारण सिरहा जोखिममा परेको स्थानीयवासीले बताएका छन् । प्रभावित स्थानबाट हुने आवतजावतलाई पूर्णरूपमा रोक्न नसिकए सिरहा पनि सङ्क्रमणको चपेटामा पर्न सक्ने लहानका स्थानीयवासी तथा वडा नं ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनको बताए ।
“कोरोना सङ्क्रमण भेटिएको सप्तरी, धनुषा तथा उदयपुरबाट समेत आवतजावत भइरहेकै छ”, वडाध्यक्ष गुप्ताले भने, “दैनिक खाद्यान्नसहितका मालवाहक सवारी साधन तथा अन्य सवारी साधन कोरोना प्रभावित उदयपुर जिल्ला ओहोरदोहाेर गरिरहेका छन्, जसका कारण सिरहा जिल्ला जोखिममा छन् ।” यसरी दैनिक भइरहेको आवतजावतलाई नियन्त्रण गर्नु अर्को जिल्लाबाट आउने सवारी साधनको प्रवेश रोक्नुपर्ने उनको कथन छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईलाईले सिरहा जिल्लासँग जोडिएको चारैतिरको नाका बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले सिरहा जिल्लासँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले ती जिल्लाबाट हुने आवतजावत रोक्न नाकामा व्यापक सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिए । यसका साथै जिल्लामा लकडाउनलाई समेत आजदेखि थप कडाई गरिएको उनको कथन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार