युवा व्यवसायीद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
जेठ १, २०७७ बिहिबार १७:३५:१८
१ जेठ लुम्बिनी । युवा व्यवसायी सुनिल रायमाझीले भैरहवास्थित भीम अस्पताललाई स्वास्थ्य सामग्री सहयोग स्वरुप प्रदान गरेका छन् । होटल निर्वाणाका अध्यक्ष रायमाझीले अस्पताल सञ्चालक समिति सदस्यसमेत रहेका सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीलाई आज पाँच थान पीपीई, एक हजार थान मास्क, एक थान थर्मल गन र पञ्जा हस्तान्तरण गरेका हुन ।
प्रदेश कोरोना विशेष अस्पतालका रुपमा सञ्चालित उक्त अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको प्रयोजनार्थ आफूले उक्त सामग्री प्रदान गरेको व्यवसायी रायमाझीले बताए । कोरोनाका लागि २८ शय्या सन्चालनमा रहेको उक्त अस्पतालमा हाल कोरोना पोजिटिभ देखिएका १९ बिरामीको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।
उनका अनुसार अहिले अस्पतालमा कपिलवस्तुका चार, रुपन्देही गैडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिकाका चार र एक भारतीय गरी कुल १९ जना कोरोना पोजिटिभ बिरामीको उपचार भइरहेको छ। रुपन्देही जिल्लाको सबैभन्दा पुरानो भीम अस्पताल भैरहवालाई कोरोना भाइरस पोजिटिभ देखिएको बिरामीलाई उपचार गर्ने गरी कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन गरिएको छ ।
उक्त अस्पतालमा कोरोना बिरामीका लागि विशेष उपचार कक्ष सञ्चालन गरिएको छ । तीन भेन्टिलेटरसहित पाँच आइसियु बेड रहेको उक्त अस्पतालमा ३० स्वास्थयकर्मीले सेवा दिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार