कोरोना कहिलेसम्म रहन्छ भनेर भविष्यवाणी नगर्न डब्लूएचओको चेतावनी
नेपालबहस संवाददाता
जेठ १, २०७७ बिहिबार १८:५१:२२
१ जेठ, काठटमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण ‘कहिल्यै समाप्त नहुने’ सम्भावना रहेको चेतावनी दिएको छ । विज्ञहरुले कोरोना महामारीका कारण वैश्विक मानसिक संकट उत्पन्न भइरहेको जनाइरहँदा डब्लूएचओले कोरोना कहिल्यै निर्मूल नहुने सम्भावना रहेको बताएको हो ।
बुधबार जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा डब्लूएचओका आपत्कालीन विभागका प्रमुख डा. माइकल ऱ्यानले कोरोना भाइरस कहिलेसम्म रहन्छ भनेर आधारहीन भविष्यवाणी नगर्न पनि चेतावनी दिएका छन् । उनले कोरोना भाइरसको अवधि तोकेर बस्नुभन्दा पनि यसको नियन्त्रण र रोकथाममा बृहत् प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘यो विषयमा चर्चा आवश्यक छ कि कोरोना भाइरस हामीबीच क्षेत्रविशेषको भाइरस बनेर बस्ने सम्भावना रहेको छ । र, यो कहिल्यै निर्मूल नहुन पनि सक्छ,’ डाक्टर ऱ्यानले भने, ‘यसमा कुनै वाचा र मिति छैन । यो रोग दीर्घकालीन समस्या हुन सक्छ वा नहुन पनि सक्छ ।’
डाक्टर ऱ्यानले एचआईभी भाइरस पनि समाप्त नभएको उदाहरण दिँदै कोरोना भाइरसका बारेमा मिति तोक्ने काम र वाचा नगर्न पनि सबैलाई सुझाव दिएका छन् । उनका अनुसार बिनाभ्याक्सिन आम सर्वसाधारणलाई रोगप्रतिरोधात्मक क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्नेछ ।
कोरोना भाइरसको भ्याक्सिन बनाउनका लागि विभिन्न देशले सयौं प्रयास गरे पनि विज्ञहरुका अनुसार तत्काल कुनै भ्याक्सिन तयार हुने लक्षण देखिएको छैन । कोरोनाविरुद्ध कुनै उपचार पद्धति विकास नहुँदै विश्वका कयौं देशले लकडाउन खुकुलो बनाएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस एडहानोम गेहब्रेयससले लकडाउन खुकुलो गर्दै जाने हो भने अझ तीव्र रूपमा संक्रमण फैलिने बताएका छन् । डा. ट्रेडोसले भने, ‘कतिपय देशले लकडाउनबाट बाहिर आउनका लागि विभिन्न तरिका अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशलाई अलर्ट रहन सल्लाह दिइरहेको छ । प्रत्येक देशले अहिले पनि उच्चतम स्तरमा सतर्क रहन आवश्यक छ ।’
डा. ऱ्यानले पनि कैयौं देशले लकडाउन खोलेर ‘जादुयी’ पाराले कोरोना भाइरसको संक्रमण रोक्न सकिन्छ भनेर सोचेको बताएका छन् । विश्वकै जनजीवन सामान्य हुन लामो समय लाग्ने पनि डा. ऱ्यानले बताए । उनले भने, ‘हामीले वास्तविक अवस्थालाई हेरेर सोच्नुपर्छ । मलाई लाग्छ, अहिले कोरोना भाइरस कहिलेसम्म रहन्छ भनेर कसैले पनि भन्न सक्दैन । यसको निदानको प्रक्रिया लामो हुन सक्छ ।’
त्यस्तै डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ मारिया भेन केरखोवेले पनि कोरोना महामारीबाट छुटकारा पाउन लामो समय लाग्न सक्ने बताएकी छिन् । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म विश्वभर २ लाख ९७ हजार २ सय २६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४३ लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख ५० हजार निको भएका छन् ।
कोरोना भाइसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । बिहीबार बिहानसम्म अमेरिकामा ८४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १३ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा करिब २ लाख ४३ हजार जना निको भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार
भारतीय विमानस्थलमा विमानभित्र बम भएको झुटो हल्ला
जेठ १५, २०८१ मंगलबार