सरकारले डा.रुना झासहित ६ जनालाई सोध्यो स्पष्टीकरण, कारवाही गर्ने तयारी
नेपालबहस संवाददाता
जेठ १, २०७७ शुक्रबार १:२६:४९
१ जेठ, काठमाडौं । सरकारले आफूलाई थाहै नदिई कोरोना संक्रमित पहिलो नेपाली युवाको भाइरस जेनेटिक विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झासहित ६ जनालाई कारवाही गर्ने तयारी गरेको छ ।
स्वास्थ्य अनुसन्धान परिषदले डा. रुना झासहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डे, पूर्वनिर्देशक डा. विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.अनुप बास्तोलालाई लिखित स्पष्टीकरण सोधेको हो । त्यस्तै राष्ट्रिय प्रयोगशालाकै डा. रन्जित साह र हेमन्त चन्द्र ओझालाई पनि स्पष्टीकरण सोधिएको छ ।
वैशाख २९ गतेको पत्रमा सोधिएको स्पष्टीकरण एक साताभित्र पेश गर्न भनिएको छ । विदेशीहरुलाई समेत संलग्न गरी माइक्रोबायालोजी रिसोर्स अनाउन्सेमन्टमा प्रकाशन गरेको अनुसन्धान लेख गैरकानुनी भएकाले कारवाही गर्ने आशयसहितको पत्र उनीहरुलाई थमाइएको स्रोतले जनाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐन २०४७ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषदको पूर्वस्वीकृत लिनुपर्छ । तर, यो ६ जनाको टोलीले स्वीकृति नलिई अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाशन गरेको पाइएकाले कारवाही प्रक्रिया अघि बढाइएको हो ।
रुना झा नेपालमा कोरोना परीक्षणको नेतृत्व गरेको भन्दै संयुक्त राष्ट्र संघको मूल्यांकनमा विश्वकै उत्कृष्ट ५ महिलामा परेकी थिइन । तर नेपालको नाम राखेकी उनै झालाई स्पष्टीकरण सोधेपछि सरकारको आलोचना झन् बढ्ने अनुमान गरिएको छ । यसअघि डा.शेरबहादुर पुनलाई स्पष्टीकरण सोध्दा सरकारको कडा आलोचना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ : परराष्ट्रमन्त्री राणा
कात्तिक २१, २०८१ बुधबार
भक्तपुरको कमल पोखरीदेखि गोदावरी खोलासम्म छठका लागि झकिझकाउ, तयारी पूरा
कात्तिक २१, २०८१ बुधबार
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
कात्तिक २१, २०८१ बुधबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार