प्रदेश नं ५ : ९५ कोरोना सङ्क्रमित, व्यवस्थापनमा समस्या
नेपालबहस संवाददाता
जेठ १, २०७७ शुक्रबार १:४५:३४
१ जेठ, रुपन्देही । प्रदेश नं ५ मा कोरोना ‘कोभिड–१९’ संक्रमित बढ्दै गएको छ । जिल्लाका ९५ नागरिकमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आजसम्म रुपन्देहीमा २८, कपिलवस्तुमा ४०, बाँकेमा २५ तथा नवलपरासी र बर्दियामा एक-एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए । संक्रमितको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
प्रवक्ता चौधरीका अनुसार बाँकेको सुशील कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । यस्तै बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ३६ र भैरहवाको भीम अस्पतालमा १९ संक्रमितको उपचार भइरहेको छ । रुपन्देहीका एक जना कोरोना संक्रमित भने उपचारपछि निको भई घर फर्किएका छन् ।
अधिकांश संक्रमित रोजगारीका लागि भारत गएका र लुकिछिपी आएकाहरु छन् । बन्दाबन्दीमा पनि रोजगारीका लागि गएकाहरु लुकिछिपी स्वदेश फर्कन थालेपछि प्रदेशका सीमावर्ती क्षेत्र उच्च जोखिममा देखिएका छन् । रुपन्देही, कपिलवस्तु र बाँकेका सीमाबाट अहिले पनि नागरिक भित्रिरहेका छन् । यसबाट यहाँका नागरिकमा त्रास बढेको छ ।
आइसोलेशन बेड अभाव
कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि यहाँ आइसोलेशन बेड अभाव हुने देखिएको छ । प्रदेशका चार अस्पतालमा आइसोलेशन बेड तयार गरिए पनि संक्रमित बढ्दै गएकाले व्यवस्थापनमा समस्या हुने दखिएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले जानकारी दिए । “संक्रमितको संख्या बढ्यो भने अब राख्न गाह्रो छ । भएका बेड सबै संक्रमित राख्न सकिने खालका छैनन्, थप बेडका लागि प्रक्रिया शुरु भए पनि तयार हुन समय लाग्छ”, उनले भने । तत्कालका लागि सम्बन्धित जिल्लामै संक्रमितको उपचारको व्यवस्था मिलाइने प्रवक्ता चौधरीले बताए।
प्रदेश सरकारले बुटवलमा आइसोलेशन बेड थप गर्ने प्रक्रिया शुरु गरे पनि समय लाग्ने देखिएको छ । कोरोनाले प्रदेशमा महामारीको रुप लियो भने प्रदेशले थेग्न सक्ने अवस्था नरहेको स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था नमूना एकीकृत विकास परिषद् रुपन्देहीका अध्यक्ष ज्ञानु पौडेल बताउछन ।
प्रदेशमा बुटवल धागो कारखाना, भीम अस्पताल भैरहवा, केन्द्रीय आयुर्वेदिक अस्पताल बेलझुण्डी दाङ र सुशी कोइराला प अस्पताल नेपालगञ्जमा कोरोना संक्रमितका लागि २३० आइसोलेशन बेड तयार गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. उमाशङ्करप्रसाद चौधरीले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या अपुग हुनेमा मन्त्रालय जानकार रहेको बताउँदै बुटवलको धागो कारखानामा २०० शय्या थप्ने तयारी भएको जानकारी दिए ।
उपचारमा समस्या
बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पताल कोभिड–१९ सङ्क्रमितले भरिएपछि बिरामी राख्न समस्या देखिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापित आइसोलेशन अस्पताल स्वास्थ्य अवस्था सामान्य सङ्क्रमितले भरिएपछि जटिल अवस्थाका बिरामी फेला परे उनीहरुको व्यवस्थापन र उपचारमा समस्या देखिएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले बताए ।
उनले स्वास्थ्यवस्था सामान्य सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा अन्यत्रै व्यवस्थापन गरेर राख्दा पनि समस्या नहुने बताए । हाल नेपालगञ्जका २५ र बर्दियाका एक गरी २६ सङ्क्रमित आइसोलेशन अस्पतालमा भर्ना भएका छन् । कोरोना सङ्क्रमितलाई उपचारकोलागि सुशील कोइराला अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेर ६ शय्या आइयियु र ३ शय्या भेन्टिलेटरसहित ४० शय्या बनाइएको थियो ।
सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समेत त्यहीँ बस्ने व्यवस्था गरिएकाले अब थप सङ्क्रमितलाई अस्पतालमा राख्न कठिन हुने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । प्रदेश सरकार, भेरी अस्पताल नेपालगञ्ज र खजुरा गाउँपालिकाको सहकार्यमा खजुरास्थित क्यान्सर अस्पताललाई कोरोना विशेष आइसोलेशन अस्पताल बनाइएको थियो । भेरी अस्पतालका प्रमुख डा थापाको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन भइरहेका छन् । अहिले उक्त अस्पतालमा १६ स्वास्थ्यकर्मीको टोली सङ्क्रमितको उपचारमा खटिएको डा थापाले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाले लायन्स डेन्टल अस्पतालसँगको सहकार्यमा २५ शय्याको आइसोलेशन अस्पताल तयार गरिए पनि सञ्चालन हुन सकेको छैन । त्यहाँ खजुराको जस्तो सुविधा नभएका कारण सङ्क्रमित राखिएको छैन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सङ्क्रमितले आइसोलेशन अस्पताल भरिन लागेपछि थप व्यवस्थापनको आवश्यकता देखिएको बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ : परराष्ट्रमन्त्री राणा
कात्तिक २१, २०८१ बुधबार
भक्तपुरको कमल पोखरीदेखि गोदावरी खोलासम्म छठका लागि झकिझकाउ, तयारी पूरा
कात्तिक २१, २०८१ बुधबार
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
कात्तिक २१, २०८१ बुधबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार