संक्रमित युवकको सिधा सम्पर्कका आमाबाबुसहित २३ जनाको स्वाब रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
जेठ १, २०७७ शुक्रबार २:३६:३३
◊ धीरुभाइ
१ जेठ, सप्तरी । सिधा सम्पर्कमा आएका सप्तरीका संक्रमित युवकका परिवारका सदस्यसहित २३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ भेटिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटेलका १८ वर्षीय संक्रमित युवकको सिधा सम्पर्कमा आएका उनका आमा, बुवा, हजुरआमा, चितवनबाट १३ जनाको समूहमा आएकामध्ये १२, क्वारेन्टाइनमा बसेको बेला क्वारेन्टाइनमा रहेका दुई, त्यहिबेला कपिलवस्तुबाट आएर क्वारेन्टाइनमा बसेका तीन, क्वारेन्टाइनका दुई जना प्रहरी र एक जना स्वास्थ्यकर्मी गरी २३ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो ।
गत मंगलबार थ्रोट संकलन गरेको उनीहरुको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए । गत २९ गते युवकमा कोरोना संक्रमण भेटिएपछि उनको सिधा सम्पर्कमा आएका २३ जनालाई सोमबारदेखि पातो स्थित चन्द्रकान्त क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये आमाबाबु, हजुरआमासहित चार जनालाई फेरी स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने बताउँदै उनीहरुबाहेक अन्यलाई क्वारेन्टाइनबाट घर पठाइएको जानकारी दिए ।
संक्रमितका सम्पर्कका थप २१ जनाको पहिचान
जिल्लाको संक्रमित युवकको ट्राभलिङ्ग हिस्टोरी (यात्रा बृतान्त)को अनुसन्धानले उनीसँग सम्पर्क आएर भेटघाट, गफगाफ गरेको प्रदेश, जिल्ला र स्थानीय गरी २१ जनाको पहिचान गरिसकेको उनले उनीहरुको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिने तयारी भइरहेको उनले बताए ।
खरैनीको मस्जिदमा नवाज पढ्दा संक्रमण !
चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर घर फर्किने क्रममा पर्साको खैरनी स्थित मस्जिदमा नवाज पढ्न जाँदा त्यहीबाट युवक संक्रमित भएको यात्रा बृतान्तको अध्ययनले देखाएको स्वास्थ्य निमित प्रमुख यादवले जानकारी दिए । अहिलेसम्म युवकको यात्रा बृतान्त र सम्पर्क अध्ययनले मस्जिदबाट संक्रमण भएको उनले बताए ।
युवकमा संक्रमणको लक्षण छैन : अस्पताल
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा भर्ना गरिएको संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । पछिल्लो चारदिनदेखि भर्ना भएका युवकमा कोरोनाको कुनै किसिमको लक्षण देखिएको छैन उनले भने, आमस्वस्थ्य मानिस जस्तै देखिन्छ ।
युवकको संक्षिप्त घटना
गत बैशाख ९ गते लकडाउनका बेला संक्रमित युवक चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर सप्तरी आइपुगेपछि उनीहरुलाई चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको थियो । गत २६ गते स्वास्थ्य कार्यालय सप्तरीले सो क्वारेन्टाइनमा समय अवधि पूरा गरेकोमध्ये स्याम्पलिङ्गको आधारमा उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो । स्वाब परीक्षणको रिपोर्ट नआउँदै उनलाई २८ गते घर पठाइएको थियो । २९ गते रिपोर्ट आउँदा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
जिल्लावासीमा त्रास कम
सिधा सम्पर्कमा आएका मानिसहरुमा कोरोना संक्रमण नभेटएपछि जिल्लावासीको त्रासमा कमि आएको छ । फेरी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ नआएसम्म धेरै खुशी नभएपनि तत्कालको त्रासमा कमि आएको हो । संक्रमित बसोबास गरेको नगरपालिका, गाउँ टोलका मानिसले त्रास कम महशुस गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार