प्रहरी जवान मृत्यु प्रकरणमा छानबिन समिति गठन
नेपालबहस संवाददाता
जेठ १, २०७७ शुक्रबार ४:१:३४
१ जेठ, सुर्खेत । प्रदेश प्रहरी कार्यालयले प्रहरी जवान नरेन्द्र खड्काको मृत्यु भएका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । मृतकका आफन्तले घटना ‘शंकास्पद’ भन्दै छानबिनको माग गरेपछि प्रदेश प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० राजेश बाँस्तोलाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ‘डिएसपी’ लोकनाथ तिम्सिनाले समितिले शुक्रबारदेखि छानबिन शुरु गर्ने बताए। “भोलिसम्म शव परीक्षण रिर्पोट आइपुग्छ, त्यसपछि समितिले छानबिन शुरु गर्छ”, उनले भने, “घटनाबारे प्रश्न उठिसकेपछि गहिरो अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको हो, शव परीक्षण रिर्पोट र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ ।”
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत खड्का सोमबार सम्पर्कविहीन भएका थिए। मङ्गलबार बिहान चौकीदेखि अन्दाजी १५०० मिटर टाढा पेस्तोलसहित उनी मृत अवस्थामा भेटिएका थिए । आफन्तहरुले आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएका छन् । मृतकका दाजु यामबहादुर खड्काले चौकी इञ्चार्जको पेस्तोल कसरी जवानको हातमा पुग्यो भनेर प्रश्न गरे।
“ढाडमा निलडाम, बायाँ छातीमा सानो र दायाँ छातीमा ठूलो प्वाँल देखिन्छ”, उनले भने, “आत्महत्या गरेको व्यक्तिको हातमा पेस्तोल कसरी रहन सक्छ ? घटना शंकास्पद छ ।” यामबहादुरले चौकी इञ्चार्ज असई देवबहादुर थलालसहित चार प्रहरीविरुद्ध किटानी जाहेरी दिने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जाँदै
कात्तिक २०, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट एक जनाकाे मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीको बगुवा खोलाबाट गाँजासहित दुई जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार