कोरोना बीमा धमाधम गर्दै जनप्रतिनिधि
नेपालबहस संवाददाता
जेठ २, २०७७ शुक्रबार १५:२९:३
२ जेठ खलङ्गा । जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर प्रमुख सेजुवाल रु एकएक लाखको कोरोना बीमा गर्ने यहाँका पहिलो जनप्रतिनिधि भएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेशका प्रबन्धक ऋषिराम पाण्डेले बताए।जिससका प्रमुख लालबहादुर सार्की, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा तथा स्थानीय तहका वडाध्यक्ष र वडा सदस्यले शुक्रबार कोरोना बीमा गरे ।
क्वारेन्टाइन अनुगमन गर्ने, हेल्थ डेस्कसँग समन्वय गर्ने र प्रत्यक्ष जनतासँग जोडिने भएकाले जनप्रतिनिधिको बीमा अत्याववश्यक रहेको समन्वय उपप्रमुख बुढाले बताए । जिल्लामा कोरोना बीमा तीन सयभन्दा बढीले गरेका छन् । कर्णालीका सबै जिल्लामा कोरोना बीमा शुरु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार