एक नम्बर बैंक बन्न हिडेंको एनआईसी एशियालाई लाग्यो ठेस, ईपीएसमा तेश्रो, वितरणयोग्य मुनाफामा निकै तल
आर्थिक संवाददाता
जेठ ३, २०७७ आइतबार ०:२६:२
३ जेठ, काठमाडौं । अघिल्लो त्रैमाससम्म वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा ठूलो हुने प्रयासमा लागेको र केही हदसम्म सफल पनि भएको तर तेश्रो त्रैमासमा आउँदासम्म भने एनआईसी एशिया बैंकलाई आफु भन्दा तलका केही बैंकहरुले उछिनेको देखिन्छ । अघिल्लो त्रैमाससम्म नेपाली शेयर बजारमा सुचीकृत बैंकहरु मध्ये सबैभन्दा धेरै प्रतिशेयर आम्दानी कायम गर्न सफल एनआईसी एशिया बैंकलाई अहिले भने प्रतिशेयर आम्दानीको मामलामा दुई बैंकले उछिनेका छन् ।आर्थिक वर्ष ०७६/७७को तेश्रो त्रैमासमा उसले प्रकाशित गरेकाे वित्तीय विवरणमा एनआईसी एसिया बैंकलाई प्रतिशेयर आम्दानीमा नबिल बैंक र एभरेस्ट बैंकले उछिनेका हुन् ।
Note: Comparison made excluding RBB Bank.
अर्काेतर्फ आक्रामक रुपमा ग्राहक मात्र बढाउने तर सेवा सुविधा दिन नसकेको आरोप बैंकलाई दिन प्रतिदिन लाग्दै आएको छ । ग्राहकहरु खासै सन्तुस्ट नभएको कारणले गर्दा बैंकप्रति ग्राहकको नकारात्मक धारणा आउन थालेको प्रस्ट देखिन्छ । बैंकले आफ्ना कर्मचारीलाई काममा निकै पेल्दै आएको र निकै धेरै काम लगाउने आरोप बेलाबेलामा संचार माध्यममा आउने बहस हुन् । धेरै काम पेलाएर होला एकदिन चिया गफमा एनआईसी एशिया बैंकका एक कर्मचारीले यस्ताे स्लाेगन बनाएछन्ः- “ एनआईसी एशिया दिन पनि रात पनि ” ।
याे बैंकमा तुलसीराम अग्रवाल अध्यक्ष रहेका छन् भने संचालक सदस्यहरुमा त्रिलोकचन्द अग्रवाल, रामचन्द्र संघई, निकुञ्ज अग्रवाल, राजेन्द्रप्रसाद अर्याल, विनोदकुमार प्याकुरेल र गणेशमान श्रेष्ठ रहेका छन् ।
यसैगरि बैंकको उच्च व्यवस्थापनमा रोशनकुमार न्यौपाने सीईओको रुपमा कार्यरत छन् । त्यस्तै सुधिरनाथ पाण्डे नायव सीईओको रुपमा कार्यरत छन् ।
कम्पनीको आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा शुन्य दशमलव ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका २७ शेयरधनी रहेका छन् । जसमध्य अशोककुमार अग्रवालको ६ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै जीवन बीमा कम्पनी मध्येको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सको बैंकमा १० लाख १४ हजार कित्ता शेयर रहेको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को तेश्रो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को तेश्रो त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा सामान्य वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद ब्याज आम्दानीमा सामान्यमात्र वृद्धि देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ५ अर्ब ५२ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले ५ अर्ब ३२ करोड खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानी ४ प्रतिशतले मात्र वृद्धि भएको छ ।
खुद मुनाफामा सामान्य वृद्धि:
संचालन मुनाफा १२ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद मुनाफा पनि १० प्रतिशतले मात्र वृद्धि भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २ अर्ब २७ करोड खुद मुनाफा गरेको कम्पनीले अहिले भने २ अर्ब ५० करोड खुद मुनाफा गरेको छ ।
जगेडा कोष वृद्धि हुँदै संचित मुनाफा घट्दै :
कम्पनीको जगेडा कोषमा ५२ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ अर्ब ९८ करोड रहेको जगेडा कोष अहिले ६ अर्ब ०७ करोड पुगेको छ । तर संचित मुनाफा भने ६९ प्रतिशतले घट्दै ६६ करोड ५ लाख पुगेको छ । शेयर प्रीमियम शिर्षकमा भने कुनै रकम छैन ।
Note : Loan and Advances Covers Customers Only
निक्षेप र कर्जा प्रवाहमा सामान्य वृद्धि :
बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन ९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह १३ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १ खर्ब ८६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६१ अर्ब कर्जा प्रवाह गरेको छ ।
प्रतिशेयर आम्दानीमा ३४ रुपैयाँ :
पुँजी वृद्धिको तुलनामा कम्पनीको खुद मुनाफा वृद्धि गर्न नसक्दा प्रतिशेयर आम्दानी वृद्धि हुन् सकेन । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३४ पैसा मात्र हुन्छ।
Note: Latest Market Price
मुल्य आम्दानी अनुपात १३ गुणा:
कम्पनीको अन्तिम बजार मूल्य ४६८ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १३ गुणा आउँछ ।
खराब कर्जा वृद्धि:
गत वर्ष तेश्रो त्रैमासमा शुन्य दशमलव ४५ प्रतिशत रहेको खराब कर्जा अहिले भने बढेर शुन्य दशमलव ७५ प्रतिशत पुगेको छ।
आधार व्याजदर :
कम्पनीकाे आधार व्याजदर पनि बढेको छ । कम्पनीको अहिले आधार व्याजदर ९ दशमलव ६१ प्रतिशत रहेको छ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको तेश्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ४० करोड ७४ लाख मात्र रहेको छ । त्यस्तै गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ५ करोड माथि थियो । यसरी वितरण योग्य मुनाफामा निकै ठुलो गिरावट आएको छ । वितरणयोग्य मुनाफाको मामलामा बैंक निकै पछि परेको छ । वाणिज्य बैंक मध्ये नबिल बैंकको वितरणयोग्य मुनाफा सर्वाधिक २ अर्ब ९ करोड हुँदा एनआईसी एशिया बैंकको जम्मा ४० करोड ७४ लाख छ।
निस्कर्ष:
दोश्रो त्रैमाससम्म आक्रामक रुपमा व्यापार गर्दै अन्य धेरै बैंकलाई पछि छोड्दै हिडेको यस बैंक अहिले आउँदा अरु बैंकले पछि छोड्ने क्रम शुरु भएको छ । प्रतिशेयर आम्दानीको मामलामा नबिल बैंकलाई पनि उछिनेको यस बैंकले अहिले दुई बैंक भन्दापछि पुगेको छ । आक्रामक रुपमा ग्राहक थपेर मात्र नहुने तर ग्राहकलाई पनि छोटो मिठो सेवा सुविधा दिनुपर्ने कुरा एनआईसी एशियाले बैंकले बुझ्न जरुरी छ । आक्रामक व्यापार गर्दा र जोखिमलाई ध्यान नदिँदा कुनै समय किस्ट बैंकलाई ठूलो समस्या परेको थियो र वाणिज्य बैंक भएर पनि विकास बैंकसँग गाभिन पुगेको थियो ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार