लकडाउन जारी रहँदा रगतको अभाव हुन नदिन खुला रक्तदान
नेपालबहस संवाददाता
जेठ ३, २०७७ शनिबार २१:२०:१७
३ जेठ कास्की । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा रगतको अभाव हुन नदिन पोखरामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । अत्यावश्यक रगत अभावमा बिरामीलाई उपचारबाट वञ्चित हुन नदिने उद्देश्यले २७औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी फाउण्डेशन पोखरा–५ ले आज आयोजना गरेको सो कार्यक्रममा ६६ युनिट सङ्कलन भएको छ ।
लकडाउनका कारण रक्तदानका कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्रमा रगत अभावको अवस्था आउन सक्ने र सुत्केरी महिला तथा डायलाइसिसका बिरामी प्रभावित हुन सक्ने अवस्थालाई ध्यान दिएर रक्तसञ्चार केन्द्रको प्राविधिक समन्वयमा सामाजिक दूरी कायम गरेर कार्यक्रम गरिएको फाउण्डेशनका सचिव वसन्तराज गौतमले बताए । त्यसैगरी शुक्रबार पोखरा महानगरपालिका–१३ आर्वामा अवस्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत सङ्कलन भएको थियो ।
गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट बिरामी उपचारका लागि आउने भएकाले यहाँ दैनिक ७० युनिट रगतको माग रहने जनाइएको छ । बन्दाबन्दी शुरुआतमा केही दिन रगत अभाव रहे पनि त्यसपछिका दिनमा प्रशासनसँगको अनुमतिमा आवश्यक सुरक्षाका उपाय अवलबम्न गरी कार्यक्रम आयोजना गरिएकाले रगत अभाव नभएको रक्तसञ्चार केन्द्रमा प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए ।
कोरोनाको त्रासले विभिन्न सङ्घसंस्थाको वार्षिक कार्यक्रम स्थगित गरे पनि हाल आवश्यकता हेरेर रक्तदान भइरहेकाले सहजरुपमा मागको पूर्ति हुने अवस्था रहेको उनले बताए। यहाँ रगत पर्याप्त रहेपछि अभाव भएका देशका अन्य ठाउँमा समेत पठाउने गरिएको बताइन्छ । यसअघि काठमाडौँमा अभाव भएपछि १३० युनिट पठाइएको थियो । आगामी जेठ १५ गतेसम्म रक्तदान कार्यक्रमको तालिका तयार भएकाले समेत अभाव नहुने केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ : परराष्ट्रमन्त्री राणा
कात्तिक २१, २०८१ बुधबार
भक्तपुरको कमल पोखरीदेखि गोदावरी खोलासम्म छठका लागि झकिझकाउ, तयारी पूरा
कात्तिक २१, २०८१ बुधबार
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
कात्तिक २१, २०८१ बुधबार
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो
कात्तिक २१, २०८१ बुधबार
मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु
कात्तिक २१, २०८१ बुधबार
रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली
कात्तिक २१, २०८१ बुधबार