नेपालमा पहिलो पटक काेराेनाबाट महिलाको मृत्यु
नेपालबहस संवाददाता
जेठ ३, २०७७ आइतबार ४:१२:३३
३ जेठ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड– १९ बाट भएको पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मृतकको कोभिड –१९संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताए । नेपालमा कोभिड –१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।
अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । उनका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् ।
सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् । घरमा गएपछि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पताल आउँदै गर्दा बाटामा शुक्रबार बिहान मृत्यु थिएको थियो ।
यसैबीच आज फेरि दुई जनामा संक्रमण देखिएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा धनुषाका २० र ६५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । मृत महिला र दुई अर्का नयाँ गरी संक्रमितको संख्या २८१ पुगेको छ । उनका अनुसार संक्रमितको स्वास्थ्यावस्था सामान्य भएको र ती स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
मेलम्ची– प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले धुलिखेल अस्पतालमा मृत्यु भएका बाह्रबीसे नगरपालिका –९ राम्चेका सुत्केरीमा कोरोना पोजेटिभ देखिएको र निधन पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आउँदा दुःख व्यक्त गरे ।
उनका अनुसार सम्बन्धित स्थान र जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टका तर्फबाट बन्द गरिएको छ । सम्बंधित ठाउँमा आइतबार विज्ञ प्राविधिक टोलीले कन्ट्रयाक ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने छ । धैर्य र सहयोगका लागि सम्बन्धित सबैमा अनुरोध गर्दै उनले मृतकप्रति श्रद्धाञ्जलिका साथ बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनको पशुपतिमा रहेको विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार