स्याङ्जाका ८ कर्मचारीको पीसीआर टेष्ट नेगेटिभ, सबै पालिकामा पीसीआर टेष्टको तयारी
नेपालबहस संवाददाता
जेठ ४, २०७७ आइतबार १७:३७:४८
४ जेठ, स्याङ्जा । स्याङ्जाको सीमा नाकामा काम गर्ने कर्मचारीले कोरोना संक्रमणबाट सुरक्षित महशुस नगरेपछि उनीहरुको पीसीआर टेष्टका लागि स्वाव लिइएको थियो । ८ जना कर्मचारी र २ जना सर्वसाधारणको पीसीआर टेष्टबाट कोरोना नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । दुई प्रदेशको सीमा नाका राम्दीमा कार्यरत कर्मचारीको कोरोना नेगेटिभ आएपछि अहिले कर्मचारीमा केही हदसम्म भएपनि ढुक्क हुने अवस्था आएको छ ।
शुक्रवार स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्मासहितको प्राविधिक टोलीले सीमामा कार्यरत कर्मचारीको स्वाव पीसीआर टेष्टका लागि लिएको थियो । सीमा नाकामा खटिएका कर्मचारीहरु कोरोना भाइरसबाट जोखिम मोल्दै भन्ने समाचार नेपालबहस डटकमले सार्वजनिक गरेपछि जिल्ला सुरक्षा समितिसहित जिल्ला रेडक्रस र स्वास्थ्यकर्मी सहितको टोली राम्दी पुगेको थियो ।
सरकारले कोरोना भाइरस फैलिन नदिन गत चैत्र ११ गतेबाट जारी लकडाउन आज ५५ दिन पुगेको छ । ५५ दिनसम्म सीमा नाकामा बसेर काम गरेका कर्मचारीको पीसीआर टेष्टबाट कोरोना नेगेटिभ देखिएपछि उनीहरुमा आत्मबल बढेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख शर्माले बताए । कोरोना संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय भनेको घरमै बस्ने हा,े प्रमुख शर्माले भने,“सिमित साधन श्रोतले काम गर्नुपर्ने बाध्यतामा स्वास्थ्यकर्मीहरु रहेका छन् त्यसैले सरकारले गरेको लकडाउनलाई सघाउनु आवश्यक छ ।” विश्वभर फैलिएको कोरोना माहामारीबाट बच्न सुरक्षित स्थान भनेकै अहिलेको अवस्थामा घर हो उनले भने ।
जिल्लामा अहिलेसम्म स्याङ्जामा ९०९ जनाको आरडीटीबाट र ११३ जनाको पीसीआरबाट कोरोना टेष्ट गरिएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । अहिलेसम्म परिक्षण गरिएका सबै रिपोर्टहरु नेगेटिभ आएको स्वास्थ्य प्रमुख शर्माले बताए । सबै पालिकामा कोरोना संक्रमणको स्याम्पल लिन सक्ने जनशक्तिको अभाव रहेको छ, शर्माले भने,“अब सबै पालिकामा पीसीआर लिनका लागि तालिम दिएर स्वास्थ्य प्राविधिक खटाउदै छौं ।” सबै पालिकामा पीसीआर लिने स्वास्थ्य प्राविधिक खटाएपछि केही सहज हुने छ, उनले भने ।
छिमेकी ५ नम्वर प्रदेशमा कोरोना संक्रमणको संख्या बढ्न थालेपछि स्याङ्जामा उच्च सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । बाहिरबाट आउने सबै नाकाहरु सिल गरिएको प्रजिअले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार