भारतले नेपाललाई दियो ३० हजार थान पिसिआर किट
नेपालबहस संवाददाता
जेठ ४, २०७७ आइतबार २०:५९:३०
४ जेठ, काठमाडौं । भारतले नेपाल सरकारलाई ३० हजार थान पिसिआर किट प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई ती किट आज स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरे ।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत क्वात्राले भारत सरकार र त्यहाँका जनताबाट उपहारस्वरुप उपलब्ध गराइएका किटले थोरै भए पनि नेपालका स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गर्न सघाउने बताए । मन्त्री ढकालले जनस्वास्थ्यको विषम समस्याका बेला भारतले पीसीआर किट प्रदान गरेकामा कृतज्ञता व्यक्त गरे।
कोभिड–१९ ले निम्त्याएको साझा चुनौतीको सामना गर्न यसअघि पनि भारतले २३ टन औषधि प्रदान गरेको थियो । सार्क सदस्य मुलुकका हैसियतले भारतका प्रधानमन्त्रीले गत चैतमा भिडियो कम्फ्रेन्समार्फत सदस्य राष्ट्रलाई महामारीविरुद्ध सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार