खुमा अर्याल फाउन्डेसनद्वारा स्याङ्जामा चौथोपटक राहत वितरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_WGBOGtnLBS.jpeg
)
नेपालबहस संवाददाता
जेठ ४, २०७७ आइतबार २१:५३:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/khuma_V3dpXmKI46.jpg)
४ जेठ, स्याङ्जा । खुमा अर्याल फाउन्डेसन स्याङ्जाले सामाजिक उत्तरदायित्व बहन गर्दै विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणलाई मध्यनजर गरेर स्याङ्जा जिल्लाका विभिन्न स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी र कर्मचारीहरुलाई लक्षित गर्दै स्याङ्जामा चौथो चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
खिलुङकालिका एग्रोफार्मका निर्देशक एवं फाउन्डेसन सदस्य शोभाकान्त ढकालले हामी व्यावसायीहरु आफू जतिसुकै अफ्ट्यारोमा र संकटमा परेपनि यस खिलुङकालिका एग्रोफार्म तथा खुमा अर्याल फाउन्डेसन समाजप्रति सधैं उत्तरदायी रहिआएको र आगामी दिनमा पनि यही समाज र समुदायसँग सुखदुखमा सँगसँगै रहिरहने उद्घोष गर्दै आइतबार करिब ३ लाख बराबरको स्वास्थ्य सामग्री स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङलाई हस्तान्तरण गरे । जसमा ७० थान पीपीइ, १०० थान के. एन. ९५ माक्स, र २५ लिटर हाइपोकोरोराइड सोलुसन रहेको छ ।
फाउन्डेसनका सचिव ध्रुव शर्माले फाउन्डेसनको स्थापना गर्नुको उद्देश्य नै सधै समाज र देशको लागि केही न केही सामाजिक भावले काम गरि समाज र रास्ट्रप्रति उत्तरदायी हुनु रहेको र सोही अनुसार फाउन्डेसनले निरन्तर कार्य गरिरहेको बताए । यस्तै खालको उद्देश्य अनुरुपनै स्थापना कालदेखिनै विभिन्न खाले शिक्षा, स्वास्थ, रोजगार र अन्य क्षेत्रमा काम गरिरहेको फाउन्डेसनले बिगत बर्षहरुमा विभिन्न सामाजिक काम गरेको थियो भने, यस कोरोना संक्रमणलाई लिएर पहिलो चरणमा फागुन महिनामै सिद्धार्थ राजमार्ग अन्तर्गत पोखराको पृथ्वीचोकदेखि स्याङ्जाको गल्याङसम्म विभिन्न चोक, दोबाटो तथा मुख्य बजार क्षेत्रहरूमा कोरोना सम्बन्धि जनचेतनामुलुक रोडब्यानर, फ्लेक्स प्रिन्ट टासेको थियो । दोस्रो चरणमा स्याङ्जाको वालिङ नगरपालिका , भीरकोट नगरपालिका, चापाकोट नगरपालिका र राम्दीस्थित बृद्धआश्रमलाई १४ टन चामल हस्तान्तरण गरेको थियो भने तेस्रो चरणमा स्याङ्जाका क्रियाशिल पत्रकारहरुलाइ २५ थान प्रेस ज्याकेट र स्यानीटाइजर हस्तान्तरण गरेको थियो ।
स्याङ्जा जिल्ला भीरकोट ७ बलमाटाका समाजसेवी बौद्धिक ब्यक्तित्त्व, उद्योगी एवं सीए खुमाप्रसाद अर्याल नेपाली कांग्रेसका संविधान सभाका समानुपातिक उम्मेदवार समेत थिए । उनकै नामबाट स्याङ्जामा यस फाउन्डेसन स्थापना गरिएको हो । खुमाप्रसाद अर्यालले स्याङ्जाको भीरकोट ७, बलमाटा आफ्नै गाउँमा करिब एक अर्बको लगानीमा पोल्ट्री फार्म स्थापना गर्नुको साथै देशका विभिन्न स्थानमा मेडिकल कलेज लगाएत दर्जनौं उद्योग ब्यबसाय सन्चालन गरि दशाैं हजार ब्यक्तिलाई प्रत्यक्ष रोजगारी दिदै आएका छन् । उनले बिगत धेरै बर्षदेखि स्याङ्जा लगाएत देशका धेरै सामाजिक क्षेत्रमा विभिन्न खाले सहयोग गर्दै आइरहेका थिए भने स्याङ्जा जिल्लामा समाजिक क्षेत्रमा सहयोग गर्ने ब्यक्तिहरु मध्ये उनी अग्रपङ्तिमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार