ट्याक्टर व्यवसायी संघद्धारा भीरकोटको प्रकोप व्यवस्थापन कोषमा २० हजार सहयोग
नेपालबहस संवाददाता
जेठ ४, २०७७ आइतबार २२:४१:३२
चुत्र महत
४ जेठ, स्याङ्जा । कोरोना भाइरस (कोभिड १९) का कारण प्रभावित भीरकोटबासीहरुको लागि राहत होस भनी विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी रहेको छ ।
माहामारीको रुप लिइ विश्व भ्रमण गरिरहेको कोरोना भाइरस (कोविड १९) को संक्रमणबाट बच्न नेपाल यतिबेला लकडाउन गरिएको अवस्थामा लकडाउनबाट प्रभावित र अति विपन्न विहान वेलुका आफ्नो परिवारको हातमुख जोड्नको लागि हम्मेतम्मे परेका भीरकोटबासी र कर्म गर्नको लागि भीरकोटमा आएर बसेका अन्यहरुलाई राहत होस भनेर भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी ट्याक्टर व्यवसायी संघ भीरकोटका पदाधिकारीहरुको उपस्थितिमा संघका अध्यक्ष दिनेशकुमार कर्माचार्यले रु २० हजार १ सय ५१ रुपैया नगरप्रमुख छायाराम खनाललाई प्रदान गरेका छन् ।
भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने रकम वुझ्दै प्रमुख खनालले कोविड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोटबासीलाई नगरपालिका एकले मात्र उनीहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले नगरभित्रका सवै सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेकाले सवैले प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नुपर्ने अवस्था आइपरेको बताए ।
प्रमुख खनालले नगरपालिकाको ९ वटै वडाका अति विपन्न ज्यालादारी गरी गुजारा गर्दै आएका १४ सय घरपरिवारलाई दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको जानकारी दिदै अझैपनि साँझ विहान खाना खान नपाएको अवस्था छ भने सम्वन्धित वडा अध्यक्षसँग सर्म्पक गरी सिफारिससहित नगरपालिका आउन समेत आग्रह गरेका छन् । हालसम्म राहत कोषमा सहयोग जम्मा गर्नुहुने संघ सस्थाका महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै प्रमुख खनालले कोविड १९ को संक्रमण वढ्दै गएकाले यसको सक्रमणवाट आफु अनि अरुलाई बचाउनको लागि घरमै बसी सहयोग गर्न आग्रह गरे ।
हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी २७ लाख ७३ हजार ५ सय १८ रुपैया जम्मा भएको नगर प्रवत्ता दीपेन्द्र केसीले बताए । लकडाउनबाट प्रभावित भीरकोटबासीलाई सहयोग गर्न चाहनेले मेगा बैंक लिमिटेड वयरघारीमा रहेको भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोष नामको खातामा रकम जम्मा गरी भौचर नगरपालिकामा ल्याउनको लागि आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार