मुम्बईबाट दुई साता अघि नरैनापुर आएका थिए, कोरोनाले मृत्यु भएका युवक
नेपालबहस संवाददाता
जेठ ४, २०७७ सोमबार ०:३४:६
४ जेठ, बाँके । कोरोनाबाट मृत्यु भएका बाँके नरैनापुरका २५ वर्षीय युवक मुम्बईबाट बुधबार मात्र नेपाल आइपुगेको पाइएको छ ।
नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयाँ बस्तीमा उनको आइतबार बिहान मृत्यु भएको हो। उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
समाचार स्रोतका अनुसार उनी मुम्बईबाट दुई साता लामो पैदल यात्रा गरेर आएका थिए । लामो पैदल हिडेर आउँदा उनका खुट्टा सुन्निएको थियो । शनिबार राति उनलाई एक्कासी ज्वरो थियो । स्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भएको हो । तर क्वारेन्टाइनमा बसेकाहरुले समयमा उपचार नपाएर उनको मृत्यु भएको बताएका छन् ।
क्वारेन्टाइन व्यवस्थापन गरिरहेका नरैनापुर गाउँपालिका–६ का वडा सचिव जीवनलाल यादव पनि सम्पर्कविहीन भएको उनीहरुको आक्रोश छ । विहान १० बजेसम्म गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राबाहेक स्वास्थ्यकर्मी र अन्य कर्मचारी घटनास्थलमा नपुगेको बाँकेका पत्रकार खगेन्द्र दाहालले बताए ।
क्वारेन्टाइनमा बसेकाहरुले असुरक्षित भएको भन्दै घर पठाउन माग गरेका छन् । ‘यो क्वारेन्टाइन असुरक्षित छ, हामीलाई घर नपठाए अन्दोलन गर्छौं’ क्वारेन्टाइनमा बसेका एक युवकले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार