बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या ३३१ पुग्यो
नेपालबहस संवाददाता
जेठ ४, २०७७ सोमबार ०:५०:३७
४ जेठ, काठमाडौं । बहराइनमा थप ८६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । योसँगै त्यहाँ सङ्क्रमित नेपालीको संख्या ३३१ पुगेको त्यहाँ रहेको नेपाली दूतवासले जनाएको छ । यसअघि बहराइनमा २४५ जना नेपालीमा कोरानो सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ ।
बहराइनमा अहिलेसम्म ६ हजार ७ सय ४७ जनाको कोरोना सङ्क्रमण देखिएकोमा २७ सय ६२ जना निको भएका छन् । तर सङ्क्रमितमध्ये कति नेपाली निको भए भन्ने विवरण भने खुलाइएको छैन । बहराइनमा १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
बहराइनले सन् २०२० भरी नै अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिएको छ । ३१ डिसेम्बर २०२० सम्म कागजातविहीन विदेशी नागरिकले आफ्नो अवस्था सच्याउन वा बहराइन छाड्न सक्नेछन्।
कोरोनाको शंका लागेमा बहराइनमा तोकिएका ९ वटा अस्पतालमा गएर जाँच गराउन सकिन्छ । कोरोना वा कुनै कारणले समस्या भएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा संविधान दिवस मनाइयो
असोज ४, २०८१ शुक्रबार
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न
भदौ ३१, २०८१ सोमबार
मुना पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ
भदौ १३, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार