खुशीकाे खबर ! संक्रमित बालिकाका अभिभावकमा कोरोना नेगेटिभ
नेपालबहस संवाददाता
जेठ ४, २०७७ सोमबार ०:५५:३०
४ जेठ, जीतपुर । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगङ्गाकी ६ वर्षीय बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ । कपिलवस्तुबाट उपचारका लागि काठमाडौं पु¥याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको छ ।
वाणगङ्गा–४ ठाकुरापुरकी कोरोना संक्रमित बालिकाका हजुरबुवा र हजुरआमाको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आएको जानकारी प्राप्त भएको बाणगङ्गा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले बताए । बालिकाका हजुरबुबाले नातिनीको पुनः एक पटक परीक्षण गर्न अनुरोध गरे । उनले भने,“हामी शुरुदेखि एउटै कोठामा सँगै बसेका छौँ तर उसमा मात्र कसरी कोरोनो पुष्टि भयो ।”
घाँटीको समस्या आएपछि बालिकालाई गत वैशाख २७ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचारका क्रममा बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो । बालिकाको स्वास्थ्यवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि गत शुक्रबार साँझ मात्र अस्पतालका चिकित्सक र कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार