बर्दियाका कोरोना संक्रमित पुरुष कालीमाटीका व्यवसायी
नेपालबहस संवाददाता
जेठ ४, २०७७ सोमबार १:१:१०
४ जेठ, काठमाडाैं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौं, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ । जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका स्थायी बासिन्दा उनी बन्दाबन्दीमा घर आएका र पाँच दिनअघि काठमाडौं फर्किएको स्थानीय प्रशासनले जनाएको छ ।
काठमाडौंंमा स्वाब परीक्षणपछि मात्र उनमा कोरोनाको संक्रमण भएको पुष्टि हो । उनलाई कोरोना पुष्टि भएपछि लालपुर शनिबार दिउँसोदेखि बन्द गरिएको छ । कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौंं गएका थिए । उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।
उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् । सबैको आज पीसीआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य प्रमुख गिरीले जानकारी दिए । शनिबार दिउँसोदेखि लालपुरका कसैलाई पनि घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । बर्दियामा हालसम्म दुई जनामा कोरोना पुष्टि भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार