बन्दाबन्दीमा खरिद प्रक्रिया रोक्न महासङ्घको माग
नेपालबहस संवाददाता
जेठ ४, २०७७ सोमबार १:५:२२
४ जेठ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी बन्दाबन्दीको अवधिमा समेत बोलपत्रलगायत खरिद प्रक्रिया यथावत् रहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरोकारवाला निकायसँग पटकपटक ताकेता गर्दासमेत त्यस विपरीत अति आवश्यक र कोभिड–१९ सँग असम्बन्धित केही खरिद प्रक्रिया सङ्घीय एवं प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका सार्वजनिक निकायले अझै स्थगित नगरेको महासङ्घले जनाएको छ ।
महासचिव रोशन दाहालले भने, “अहिलेको विषम परिस्थितिमा आफू खुशी आफ्ना नजीकका व्यवसायीलाई हुने गरी मानवीय स्वास्थ्यलाई समेत ख्याल नगरी बोलपत्रका खरिद प्रक्रिया यथावत् राखेकोप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।” निर्माण व्यवसायी बन्दाबन्दीका कारण एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै महासङ्घले खरिद प्रक्रिया रोक्न आज विज्ञप्ति जारी गरी माग गरेको हो । यसअघि जारी भएका पाससमेत रद्द भई स्थानीय तहले समेत आफ्ना क्षेत्रभित्र आवतजावतमा कडाइका साथ रोक लगाएको महासङ्घले स्मरण गराएको छ ।
बैंक ग्यारेण्टीलगायतका कागजात तयार गर्नसमेत व्यवसायीलाई समस्या रहेको महासङ्घको गुनासो छ । पूर्ण क्षमतामा बैंक सञ्चालनमा नभएकाले ती बोलपत्रमा निर्माण व्यवसायी सहभागी हुनबाट वञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिस्पर्धा नहुने महासचिव दाहालले बताए ।
बन्दाबन्दीका समयमा समेत अति आवश्यक सेवा र कोभिड–१९ सँग असम्बन्धित खरिद प्रक्रियामध्ये आह्वान भइसकेका बोलपत्र खुलेको मितिले सात दिन पछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गर्न महासङ्घले आग्रह गरेको छ । आगामी दिनमा आह्वान हुने सम्पूर्ण बोलपत्र, आशय पत्र, सिलबन्दी दरभाउपत्र लगायतका खरिद प्रक्रिया हाललाई स्थगित गर्न पनि महासङ्घले तीनै तहका सरकारसमक्ष अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार