दशगजा क्षेत्रमा अलपत्र परेका व्यक्तिको थ्रोट स्वाबको नमूना सङ्कलन
नेपालबहस संवाददाता
जेठ ४, २०७७ सोमबार ३:३२:५४
४ जेठ, कञ्चनपुर । कञ्चनपुरको नेपाल भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा रोकिएका ६३ जनाको कोरोना भाइरस परीक्षणका लागि आज नमूना सङ्कलन गरिएको छ । भारतबाट विभिन्न ठाउँबाट फर्केकाहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब लिइएको हो । सङ्कलित स्वाबका नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।
भारतबाट शुक्रबार आएका महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा ३६ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा २७ जना रहेका छन् । भारतमा रोजगारीमा गएकाहरु बन्दाबन्दीका कारण रोजगारी गुमेपछि स्वदेश फिर्ता हुनका लागि सीमा क्षेत्रमा पुगेका हुन् । सीमा नाकाको दशगजा क्षेत्रमा रहेका सबै जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि सेती अस्पताल धनगढी पठाई सकिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए ।
यसैबीच, कञ्चनपुरका नागरिक अगुवाहरुले सीमा क्षेत्र र भारतका विभिन्न भागमा अलपत्र परेका नेपालीलाई सुरक्षाका सबै उपाय अवलम्बन गरी उद्धार गर्न माग गरेका छन् । कञ्चनपुरका प्रजिअ नुरहरि खतिवडालाई ज्ञापनपत्र बुझाउँदै नागरिक अगुवाले भारतीय भूमिमा अलपत्र परेका नेपालीको सीमा नाकामा आरडिटी परीक्षण गरी सुरक्षित तरिकाले स्वदेश फिर्ता ल्याउन माग गरेका हुन् । भारतबाट आयात हुने तरकारी, फलफूल, कोइलालगायतका वस्तुको ढुवानी सुरक्षित नभएको उनीहरुको भनाइ थियो ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ खतिवडाले भारतीय भूभागमा अलपत्र परेका नेपालीको सुरक्षित तरिकाले उद्धारका लागि गृह मन्त्रालयसँग छलफल भइरहेको बताए । भारतीय सीमावर्ती जिल्लाका प्रमुखहरुसँग क्वारेन्टिनमा रहेका नेपालीको सङ्ख्या र अवस्थाका बारेमा जानकारी लिने कार्यसमेत भइरहेको उनले बताए । भारतमा रेल सेवा सञ्चालन भएपछि नेपाल फर्कनका लागि आएका नेपालीको सङ्ख्या सीमावर्ती भारतीय बजारमा बढ्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार