आज नौ जनामा कोरोनाको पुष्टि, सङ्क्रमितको सङ्ख्या ३०४ पुग्याे
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १५:४९:३०
५ जेठ, काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा रौतहटमा आठ र बारामा एक जनामा देखिएको बताए।
उनका अनुसार नयाँ सङ्क्रमितमा रौतहट इशनाथ नगरपालिका वडा नंं २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन् । यस्तै बारा जिल्लाको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुष रहेका छन् । यी नयाँ नौ जनासँगै सङ्क्रमितको सङ्ख्या ३०४ पुगेको छ ।
आइतबार मात्र कोभिड–१९ सङ्क्रमणबाट एक जनाको मृत्युसहित १४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । मन्त्रालयका प्रवक्ता डा अधिकारीका अनुसार नयाँ सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार