धुलिखेल अस्पतालबाट आएका बिरामीसहित चार जना क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १६:०:४९
५ जेठ, ओखलढुङ्गा । धुलिखेल अस्पतालबाट ओखलढुङ्गा आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरु धुलिखेल अस्पतालबाट शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुङ्गा आइपुगेका थिए । उनीहरुलाई आइतबार सदरमुकामस्थित ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
जिल्लामा उच्च सतर्कता अपनाइरहेको अवस्थामा धुलिखेल अस्पतालबाट उपचार गराएर केही मानिस जिल्ला फर्केको सूचनाका आधारमा उनीहरुलाई क्वारेन्टाइन पठाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनीहरुको आरडीटी तथा स्वाब परीक्षणपछि नियमानुसार क्वारेन्टाइनमा राखेर घर पठाइने उनको भनाइ छ ।
क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार