भक्तपुरका २९ पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १६:९:३५
५ जेठ, भक्तपुर । नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पीसीआर मेशिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिएको थियो । ल्याबले आइतबार नतिजा सार्वजनिक गर्दै परीक्षण भएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
समाचार सङ्कलनका क्रममा अग्रभागमा रहेर काम गर्ने क्रियाशील पत्रकारको कोरोना परीक्षण गर्न नगरपालिकाले आग्रह गरी स्वाब सङ्कलन गरेको थियो ।
यसअघि सोही ल्याबमा नगरपालिकाका जनप्रतिनिधिका साथै विदेशबाट मध्यपुरथिमिमा फर्किएका करिब १०० बढीको पीसीआर परीक्षण गरिएको थियो । ती सबैको नतिजा नेगेटिभ नै आएको उनले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार