कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १९:५:३०
५ जेठ धनुषा । धनुषामा कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएकाका आधारमा आज धनुषाका पत्रकारको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले गत बिहीबार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र कोरोना संक्रमण भेटिएका पत्रकार र पसल व्यवसायीको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको बताए ।
विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका अवस्थामा अग्रपंक्तिमा रही काम गर्ने क्रममा पत्रकारमा संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङका आधारमा ३० जनाको स्वाब परीक्षण गरिएको जनाइएको छ । पत्रकार महासंघ धनुषाको आयोजना तथा नेपाली सेना महेन्द्रनगर रणभीम गणको सहयोगमा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले कन्ट्रयाक्ट ट्रेसिङबाट आएकाहरुको स्वाब परीक्षण गरेको हो।
संक्रमितको सम्पर्कमा आएका र घरपरिवार, कार्यरत टेलिभिजन तथा पत्रकार महासंघको सम्पर्कमा आएकाको थ्रोट र नोजल स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिए । महासंघले कोरोना महामारीका समयमा संक्रमणको जोखिम उठाएर जनतालाई सुसूचित गराउन जुटेका बेला पत्रकारमा संक्रमण देखिएपछि दोहो¥याएर परीक्षण गराउनुपरेको जनस्वास्थ्य वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार