गण्डक अस्पतालमा कोरोना संक्रमितको उपचारमा ढिलाई गर्दै नारायणीका मेसु उपाध्याय
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १९:२८:१९
५ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पताललाई हस्तान्तरण गरेको गण्डक हस्पिटलमा कोरोना सङ्क्रमितहरुको उपचार अझै पनि शुरु हुन सकेको छैन् ।
महानगरपालिकाले गण्डक हस्पिटललाई नारायणी अस्पतालकै शाखाको रुपमा उसैको प्राविधिक सहजीकरणमा सञ्चालन हुनेगरी गण्डकसँग सम्झौता गरेको थियो । सम्झौतामा गण्डकलाई अस्थायी कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने कुरा उल्लेख गरिएको छ, तर नारायणी अस्पताल प्रशासनको बदमासीले गर्दा गण्डकमा कोरोना सङ्क्रमितहरुको उपचार तत्कालै शुरु नहुने भएको छ ।
कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गर्न वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले शनिबार नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई अस्पतालको साँचो हस्तान्तरण समेत गरेका थिए तर मेसु उपाध्यायको बदमासीका कारण गण्डक अस्पताल कोरोना संक्रमितहरुका लागि अहिलेसम्म सञ्चालनमा आएको छैन् ।
मेसु उपाध्यायले विभिन्न बहाना गर्दै कोरोना अस्पताल गण्डकमा सार्न नसकिने बताउँदै आएका छन्, नाम नखुलाउने शर्तमा अस्पतालमा कार्यरत एक चिकित्सकले बताए । उनले डा. उपाध्यायले नारायणी अस्पताल कोरोना सङ्क्रमितहरुको व्यस्थापनमा समेत फेल भएको जिकिर गरे ।
मेसु उपाध्यायले मन्त्रालयबाट आएको आदेशलाई समेत नमानेको बुझिएको छ । बैशाख २८ गते मन्त्रालयले देशभरका अस्पतालहरुलाई जनरललगयातका सम्पूर्ण सेवाहरु पुन सुचारु गर्न निर्देशन दिएको थियो । त्यसैगरि मन्त्रालयले बैशाख ३० गते नारायणी अस्पताललाई अर्को पत्र काट्दै नारायणी अस्पतालका सङ्क्रमितहरुलाई डिस्चार्ज गरेरर अन्यत्र तोकिएको अस्पतालमा कोभीड अस्पताल सञ्चालन गर्न दिएको निर्देशन पनि डा. उपाध्यायले नमानेको बुझिएको छ ।
आफूले अस्पतालको सामान मात्रै बुझेको भन्दै मेसु उपाध्यायले अस्पताल अझैं आफ्नो माताहतमा नआएको बताए ।अस्पतालको गेटमा राखिएको बोर्डमा पनि महानगरको अस्पताल भनेकाले त्यो संघ सरकार अन्तरगत रहेकोले नारायणी अस्पतालको शाखा नभएको पनि उनको प्रतिकृया थियो ।
मेयर सरावगीले गण्डकमा ७० बेडको आइसोलेसन तयार पारेर आफुहरुले गण्डक अस्पताल मेसु उपाध्यायलाई जिम्मा लगाएको जनाए । उनले अस्पताल सञ्चालनमा लाग्ने सम्पूर्ण खर्च समेत वीरगञ्ज महानगरपालिका कार्यालयले व्यहोर्न तयार रहेको जानकारी दिए । तर मेसु उपाध्यायको हेलचक्र्याईका कारण गण्डकमा कोभिड अस्पताल सञ्चालनमा ढिलाई हुँदै आएको छ ।
‘हामीले केही खर्च गरेर गण्डकको कोभिड अस्पताल नारायणी कै शाखाका रुपमा सञ्चालन हुनेगरी नारायणी अस्पतालको प्रशासनलाई जिम्मा लगाएका छौँ, मेयर सरावगीले भने, ‘अहिले गण्डकमा ७० बेडको आइसोलेसन तयार छ, कुनैपनि समय त्यहाँ सङ्क्रमितहरुलाई सिफ्ट गरेर अस्पताल सञ्चालन गर्न सकिन्छ ।’
तर नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायको ढिलाई र सुस्तपनका कारण गण्डकमा सङ्क्रमितहरु अहिलेसम्म पनि सिफ्ट गरिएका छैनन् । नारायणी अस्पताल र सिद्दार्थ माविमा रहेको सेमी आइसोलेसनमा रहेका सङ्क्रमितहरुले खाना, सरसफाई र चिकित्सक सम्बन्धित गुनासोहरु गरिरहँदा पनि मेसु उपाध्यायले गण्डकमा सङ्क्रमित पठाएका छैनन् ।
‘कोरोनाले विश्वभर पारेको प्रभावका बारेमा अध्ययन गरेपछि मैले चैतको पहिलो हप्तादेखि नै वीरगञ्जमा छुट्टै कोरोना उपचार अस्पताल निर्माणको पहल गरेको थिएँ’, मेयर सरावगीले भने, ‘कोभिड अस्पताल सञ्चालनमा ल्याउन यसबीचमा धेरै अवरोधको सामना गर्नुपर्यो, अहिले सबै व्यवस्था मिलिसक्यो तरपनि मेसु उपाध्यायको कमजोरीका कारण गण्डकमा कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन ।’
यता गण्डक अस्पतालमा कोरोना सङ्क्रमितहरुलाई नसार्दा नारायणीको जनरल सेवा शुरु हुनसकेको छैन । जनरल सेवा शुरू नहुँदा सेवाग्राही चर्को मुल्य तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार