कोरोनाका कारण बेलायतमा ५२ जना भूपू-सैनिकको मृत्यु !
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार १९:५०:६
५ जेठ, काठमाडाैं । बेलायतमा बसोबास गर्ने भुपु सैनिक र तिनीहरुका परिवारहरु मध्ये ५२ जनाले कोभिड १९ को संक्रमणबाट ज्यान गुमाएका छन् । प्राप्त तथ्याङ अनुसार जेठ ४ गते सम्म ५२ जना भूपू सैनिक तथा तिनका परिवारको मृत्यु भएको हो ।
नेपाल भूतपुर्व सैनिक संघ केन्द्रियकार्य सम्पादन समितिको भिडियो भच्र्युअल मिटिङ पछि जारी विज्ञप्तिमा ५२ जनाको बेलायतमा मात्र ज्यान गएको जानकारी दिएको छ ।
बेलायतमा रहेका भूपू सैनिक र उनीहरुको परिवारमा कोरोनाले पुर्याएको मानवियक्षतिको कारणहरु खोजी गर्नु का साथै माहामारीले संसारभर लकडाउनको अवस्थाबाट उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न नेपालभुतपुर्व सैनिक संघ केन्द्रिय कार्य सम्पादन समितिको भिडियो भच्र्युअल मिटिङ सम्पन्न भएको हो ।
संक्रमणबाट नेपाल भारत,हंककङ, सिंगापुर, ब्रुनाईलगायतका देशहरुमा नेपाली भुतपुर्व सैनिक र उनका परिवारहरुमा परेको प्रभाव र न्युनिकरणका उपायहरुबारे छलफल गरिएको थियो । बैठकपछि नेपाल भुतपुर्व सैनिक संघ केन्द्रियअध्यक्ष कर्णेल धनबहादुर मास्की राना मगरद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली प्रकट गदै, भूपू सैनिकहरुलाई कोरोना संक्रमण हुन नदिन उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
साथै,उच्चजोखिममा रहेकाउमेर पुगेका भूपू साथै महिलाहरुको अभिलेख राखीउचित स्याहार सुसारमा विशेष ध्यान पुर्याउन समेत अपिल गरिएको छ । त्यस्तै, घर चुल्हो नबल्ने घरपरिवार, दैनिक रोजगारी खोसिएका मजदुरहरु, बाटोमा अलपत्र परेका यात्रुहरुलाई खाना साथै उद्धारका लागि भूपू सैनिकहरुलाई सहयोग गर्न साथै, माहामारी विरुद्धको लडाईमा उच्च सजकबनेर एकजुट भएर लाग्नसमेत आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा संविधान दिवस मनाइयो
असोज ४, २०८१ शुक्रबार
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न
भदौ ३१, २०८१ सोमबार
मुना पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ
भदौ १३, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार