बूढानीलकण्ठको तीन वडा सिल गर्ने तयारी
नेपालबहस संवाददाता
जेठ ५, २०७७ सोमबार २२:५८:२५
५ जेठ, बूढानीलकण्ठ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ ।
वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै वडा सिल गर्ने तयारी गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।
सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उक्त क्षेत्र आजदेखि सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।
शङ्कास्पद सातजनामा गरिएको परीक्षणमा एकजनामा सङ्क्रमण देखिएको छ भने तीनजनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ । तीनजनाको नतिजा आउन बाँकी छ । पीसीआर परीक्षण पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पीसीआर परीक्षण गर्ने बताइएको छ ।
युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जनाएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो ।
बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौं आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका–६ स्थित छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । भारतको विभिन्न ठाउँ हुँदै नेपालको सिमासम्म आइपुगेका ती व्यक्ति नेपालगञ्जमा रहेको क्वारेन्टाइमा बसी पत्रसहित सम्बन्धित जिल्ला पठाउने क्रममा काठमाडौं आइपुगेको बताइएको छ ।
नेपालगञ्जबाट काठमाडौं आएका उक्त व्यक्तिको आरडीटी परीक्षण पहिले नै गरिएको भएतापनि स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्नुपर्ने भएकाले उनीहरुलाई क्वारेन्टाइमा राखिएको नगर प्रमुख खरेलले बताए । क्वारेन्टाइनमा राखिएकाहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, रसुवा, नुवाकोट र सुर्खेतलगायतका छन् ।
निःशुल्क खानाको सट्टा रोजगारी
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले निःशुल्क खानाको सट्टा रोजगारी दिनेभएको छ । लकडाउनपछि नगरपालिकाले वडा नं ६ ले छहारी भवनमा तथा वडा १० ले निःशुल्क खाना वितरण गर्दै आएको थियो ।
नगरपालिकाले सञ्चालन गरेको मेसबाट दैनिक चार हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका थिए । यस्तो कार्यक्रमले कोरोना भाइरसको जोखिम बढाउन सक्ने भन्दै नगरपालिकाले निःशुल्क भोजन वितरण कार्यक्रम बन्द गरिएको छ । कार्यक्रम बन्दभए सँगै उनीहरु समस्यामा परेका छन् । कोरोनाको सम्भावित सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन शुरु गरेदेखि नगरपालिकाले विपन्नका लागि राहत उपलब्ध गराउँदै आएको थियो ।
खाना कार्यक्रमका अतिरिक्त चार हजार ७२५ मजदुर तथा विपन्न परिवारलाई राहत बाडेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विपन्न तथा मजदुरका लागि खाना तथा राहतभन्दा पनि रोजगारी दिने तयारी गरेको नगरप्रमुख खरेलले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षकहरू आन्दोलनमा
कात्तिक २०, २०८१ मंगलबार
आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको संख्या वृद्धि
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
रौतहटसहित तराईमा छठ पर्व सुरु, आज पहिलो दिन नहाय खाय विधि गरिँदै
कात्तिक २०, २०८१ मंगलबार
धोबिखोला करिडोरमा फुलेका फूल
कात्तिक २०, २०८१ मंगलबार