दश स्वास्थ्यकर्मीको स्वाब परीक्षणमा : संक्रमितको गाउँपालिका बन्द
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार १६:३६:२५
६ जेठ, अर्घाखाँची । अर्घाखाँचीको छाया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि उक्त पोलिक्लिनिक बन्द गरी उपचार, प्रयोगशाला र औषधालयमा संलग्न स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनले वैशाख ३१ गते करीब ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारका लागि सन्धिखर्कको छाया पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराएका थिए । पोलिक्लिनिकले उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि अन्यत्र जान सिफारिस गरेपछि उनलाई थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए । क्रिमसन अस्पताल भर्ना भएको दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ ।
उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय अन्यत्र कतै गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरिएको थियो । छाया पोलिक्लिनिकमा सिल गरेर चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिपोर्टका आधारमा त्यस क्लिनिकमा उपचारका लागि आएका सबै बिरामी र उनीहरुसंँग सम्पर्कमा आएका सबैलाई खोजेर कोरोनाको परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए ।
गुल्मी– यहाँ पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपछि मदाने गाउँपालिका नै बन्द गरिएको छ । संक्रमण फैलिन नदिन र त्यसबाट मानिसलाई थप सचेत गराउनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीको आग्रहमा गाउँपालिकाले अर्को सूचना जारी नगर्दासम्म पालिका बन्द गर्ने निर्णय गरेको हो ।
मदाने ६ पुर्कोटदहमा अध्यापनरत शिक्षकमा सोमबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोनाको संक्रमण देखिएपछि कोही पनि व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र हिँडडुल नगर्न सार्वजनिक रुपमा सूचनासमेत जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।
जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले संक्रमितको तत्कालै केस हिष्ट्री, ट्राभल हिष्ट्री र कन्ट्याक ट्रयाकिङ्ग गर्न गाउँपालिकालाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले संक्रमितसँग प्राथमिक उपचारमा संलग्न स्वास्थ्यकर्मी, उनको परिवार र उनीसँग सम्पर्कमा आएका सबैको आरडिटी र पिपिआर टेष्ट गर्नका आवश्यक प्रक्रिया शुरु गर्नका लागि स्वास्थ्यकर्मीसहितको टोली आज नै संक्रमित क्षेत्रमा पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
मदानेमा कोरोना संक्रमित भएको खबरसँगै गुल्मीवासी थप सशंकित बनेका छन् । पुर्कोटदह यति बेला सुनसान जस्तै बनेको छ । त्रासका कारण कोही पनि मानिस घर बाहिर निस्केका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार