कोरोना सङ्क्रमण देखिएसँगै कर्णाली प्रदेशमा उच्च सतर्कता
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार १८:५७:५६
◊ शुरबहादुर सिंह
६ जेठ, सुर्खेत । कोरोना भाइरसको जोखिमबाट अब कर्णाली प्रदेश पनि अछुतो रहेन । हालसम्म सुरक्षित मानिएको यस प्रदेशमा लकडाउनको ५६औँ दिनपछि पहिलोपटक एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिकाका–१ साततलाका एक पुरुष युवामा सोमबार कोरोना भाइरस पुष्टि भएपछि यस प्रदेशमा सङ्क्रमण प्रवेश गरेको छ । भारतको आग्राबाट गत वैशाख ३१ गते आफ्नै गाउँ पुगेका ती युवाको सोमबार सुर्खेतको कोरोना परीक्षण प्रयोगशालाबाट पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
सो प्रयोगशालाले पुनः पुष्टिका लागि नमूना नेपालगञ्ज भेरी अस्पतालमा पठाएको थियो । त्यहाँ पनि रिपोर्ट पोजेटिभ देखिएपछि सोमबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती युवामा कोरोना पुष्टि भएको सार्वजनिक गरेको थियो । यससँगै प्रदेश सरकारले उच्च सतर्कता बढाएको छ ।
भारतको आग्राबाट हिँडेका उनीसँगको ३९ जनाको टोली ४१ दिन भारतको वनवासा क्वारेन्टाइनमा बसेर आएको र गत बैशाख ३१ गते नगरपालिकाको पहलमा उनीहरुलाई उद्धार गरेर ल्याइएको सो नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । उनले भने, “युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हामीले एक वडाबाट अर्को वडामा जान बन्द ९सिल० गरेका छौँ र प्रदेश सरकारलाई परीक्षणको दायरा बढाउन अनुरोध गरिएको छ ।”
नगरपालिकामा अहिलेसम्म ५२ जना आइपुगेको जनाउँदै उनले आठबीसकै नागरिक भारतमा दुई हजारभन्दा बढीको सङ्ख्यामा रहेको लगत राखिएको बताए । कोरोना पुष्टिपश्चात् उच्च सतर्कता अपनाइएको बताउँदै नगरप्रमुख उपाध्यायले भने, “हामीले नगरपालिकाभरि १९३ बेड सङ्ख्यामा क्वारेन्टाइन बनाएका छौँ । बिरामीसहित क्वारेन्टाइनमा रहेका सबैलाई उच्च मनोबल राख्न र केही परे सरकार छ भनेर हौसला दिएका छौँ ।” उनका अनुसार सङ्क्रमित युवाको अवस्था सामान्य छ ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले आठबीसका युवामा कोरोना पुष्टि भएपछि कन्ट्र्याक्ट ट्रेसिङका चिकित्सक टोलीलाई निर्देशन दिइसकिएको जानकारी दिए । भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकका लागि अनिवार्यरुपमा आरडिटी र स्क्रिनिङ गर्न सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना भइसकेको बताए।
उनले भने, “अब हामीले क्वारेन्टाइनमा बस्ने अवधि २१ दिन पु¥याउने सोच राखेका छौँ । बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउँदैछौँ । मुख्य नाकाबाट कर्णाली प्रवेश नगरी लुकीछिपी आउनेका कारण कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै उनले यसमा सुरक्षा अवस्था कडाइ बनाइने जनाए ।
नागरिकको अनुशासन र उच्च सतर्कता अनिवार्य रहेको उनको भनाइ थियो । अहिलेसम्म सामान्यतः किटले धानिरहेको जनाउँदै प्रदेश सरकारले यसका लागि टेण्डर गरिसकेको, केही सङ्घीय सरकारसँग माग गरेको र केही विदेशबाट आएको उनले बताए ।
स्वास्थ्य सेवा निर्देशक रीता भण्डारी ‘जोशीले’ सोमबारसम्म तीन हजार ३३६ जनाको पिसिआर परीक्षण भएको जानकारी दिए। सोमबार आठबीसका ३९ जनाको पीसीआर परीक्षणमा एकजना युवाको कोरोना पोजेटिभ देखिएको भन्दै उनले ती युवालाई आइसोलेशन राख्ने तयारी भइरहेको बताए ।
“नमूना सङ्कलन भएका ३०० जनाको आजमात्र पीसीआर परीक्षण गर्दैछौँ”, उनले भने, “कालीकोट, हुम्ला, रुकुम, डोल्पा, मुगुलगयातका जिल्लाबाट पनि स्वाब सङ्कलन कार्य भइरहेको छ ।” दैलेख आठबीसका समुदायको सघन जाँच आवश्यक नभएको भन्दै उनले कोरोना सङ्क्रमित ती युवासँग एउटै बसमा आएकाको कन्ट्र्याक्ट टे«सिङ गर्ने तयारी भइरहेको बताए । उनका अनुसार प्रदेश सरकारको योजनाअनुरुप प्रत्येक वडाबाट नमूना स्वाब सङ्कलन कार्य निरन्तर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार