ओलीको छुद्रता
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार २०:४०:१७
सम्पादकीय
लामो विवाद र दवावपछि खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारले नेपालको नक्शा जारी गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले भारतले कब्जा गर्न खोजेको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर पश्चिमोत्तर क्षेत्रको भूभाग समेटिएको नक्सा सा्वर्जनिक गरेकाे छ । प्रत्येक नेपालीका लागि यो खुशी र गर्वको कुरा हो । नेपालको एकइञ्च भूमि पनि नछाड्ने नीति सरकारी पक्षबाट आउनु हरेक नागरिकका लागि खुशी र गर्वको कुरा हो ।
तर प्रश्न उठ्छ, आखिर किन त ओलीले यतिखेर आएर मात्र नेपालको राजनीतिक नक्शा जारी गरे ? गएको असोजमा भारतले उक्त भूभाग समेटेर राजनीतिक नक्सा जारी गरेको थियो । त्यसको जवाफ दिन ओली सरकारलाई यत्रो समय किन लाग्यो ? प्रश्न वा जिज्ञाशा अस्वभाविक छैन । त्यसको चूरो कुरो चाहिं ओली सरकारप्रति बढ्दो जनदवाब नै यसको मूल कारण हो ।
गएको वैशाख २६ गते जब भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त भूभाग समेटेर तिब्बत जोड्ने लिंकरोडको उद्घाटन गरेपछि उब्जिएको जनआक्रोश व्यवस्थापनका लागि मात्र यो नाटक मञ्चन भएको बुझ्न सकिन्छ । नत्र यत्रो अवधि सरकार किन मौन ? संसदीय समितिले पाँच महिना अगाडि नै उक्त भूभाग समेटेर नेपालको राजनीतिक नक्शा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो । तर ओलीले त्यसलाई टेरेनन् । दुनियाँलाई थाहा छ– ख्वामितकै सेवा गर्न उनी अभिशप्त थिए ।
जबकी सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ले प्रष्टसँग काली नदी पूर्वको भूभाग नेपालको भएको उल्लेख गरेको छ । आज त्यही प्रमाण समातेर ओलीले राजनीतिक नक्शा जारी गरे । तर हिजो गरेनन् , किन ? त्यसको जवाफ ओलीले दिन सक्दैनन् ।
ओली साच्चै नै यो मामलामा गम्भीर र संवेदनशील थिए भने भारतीय पक्षले लिम्पियाधुरामा बाटो खनेको थाहै नभएको हल्का टिप्पणी गर्ने थिएनन् । इतिहास साक्षी छ– ऐन मौकामा ओलीको झुकाव भारततिर ढल्कने गरेको छ । अहिले पनि ओली उक्त भूमि फिर्ता गर्न चिन्तित थिए भने यस्ता हल्का र पधेर्नी गफ हाँक्दैन थिए । भारत र चीनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले उक्त भूमि फिर्ता ल्याउन द्विपक्षीय वा त्रिपक्षीय वार्तामा जोड दिने थिए, नकी उत्तेजना फैलाउने अभिव्यक्ति दिन्थे । आजै प्रतिनिधिसभामा उनले देखाएको प्रवृत्ति र शैलीले कुटनीतिक मर्यादाको उल्लघंन भएको बुझाउँछ । संसद्को रोष्ट्रममा उभिएर उनी जे बोल्दै थिए, त्यसले विवादको हल भन्दा उत्तेजना फैलाउने काम गर्ने नै हो ।
साथै, उनले चीनसमेत संलग्न गरी त्रिदेशीय वार्ता छलफलको पहल गर्ने थिए । त्यो नगरी केवल उत्तेजना र मतभिन्नता बढाउने अभिव्यक्ति दिएर उनी आफ्नो कर्तव्य पूरा गरेको भ्रम छर्न चाहन्छन् । २०७२ को विनाशकारी भूइँचालो लगत्तै भारत र चिनियाँ पक्षले नेपाललाई थाहै नदिई उक्त मार्ग हुँदै व्यापार विस्तार गर्ने सम्झौता गरे । उक्त सम्झौताको तत्कालिन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले कडा प्रतिरोध गरे ।
नेपाल भारत र चीनभन्दा भूगोल र सैन्य शक्तिमा कमजोर होला । तर सार्वभौमिकता भनेको उस्तै हो । अझ भारतले लडेका हरेक लडाईंमा नेपालीको रगत बगेको छ । त्यसैले यो विवादको समाधान गर्न पहिला कुटनीतिक वार्ता नै उपयुक्त माध्यम हो ।
दुबै देशलाई प्रोटेस्ट नोट नै पठाए । जसले गर्दा भारतको तय भइसकेको भ्रमण समेत उनले रद्ध गर्नु परको थियो । त्यसपछि ओली दुई पटक प्रधानमन्त्रीको कुर्सीमा पुगिसके । तर यो प्रकरणमा उनी सधैं मौन । यसैबाट बुझ्न सकिन्छ ओलीको मनसाय ।
असोज महिनामा भारतले जारी गरेको राजनीतिक नक्शाको नागरिक तहबाट व्यापक विरोध भयो । त्यतिबेला पनि ओलीले यसैगरी उत्तेजना बढाउने खालको वक्तव्य जारी गरे । तर उनले यसबारे कुटनीतिक तहमा कहिल्यै छलफल गरेनन् । न भारतसँग न त चीनसँग नै । जबकी सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ ले प्रष्टसँग कालीनदी पूर्वको भूभाग नेपालको भएको उल्लेख गरेको छ । आज त्यही प्रमाण समातेर ओलीले राजनीतिक नक्शा जारी गरे । तर हिजो गरेनन् , किन ? त्यसको जवाफ ओलीले दिन सक्दैनन् ।
नेपाल भारत र चीनभन्दा भूगोल र सैन्य शक्तिमा कमजोर होला । तर सार्वभौमिकता भनेको उस्तै हो । अझ भारतले लडेका हरेक लडाईंमा नेपालीको रगत बगेको छ । त्यसैले यो विवादको समाधान गर्न पहिला कुटनीतिक वार्ता नै उपयुक्त माध्यम हो । भारतसँग शान्त भएर वार्ता गर्न केहीले हामीलाई रोक्दैन ।
कुरा मिलेन भने चीनलाई समेत राखेर कुरा गर्न सकिन्छ । त्यसले पनि समाधान दिएन भने हामी अन्तराष्ट्रिय मञ्चमा जान सक्ने यथेष्ट प्रमाण छन् । यति बलियो अवस्थामा रहेको नेपालले किन उत्तेजना फैलाउने अभिव्यक्ति दिने ? प्रधानमन्त्री जस्तो कार्यकारी प्रमुखले कुटनीतिक भाषा र शैली प्रयोग नगरी टोले गुण्डाको भाषा र शैली किन देखाउने ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
देश युक्रेन र प्यालेस्टाइन बन्ने भो !
असार १३, २०८१ बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु
माघ १९, २०८१ शनिबार
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु
माघ १९, २०८१ शनिबार
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु
माघ १९, २०८१ शनिबार
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार