टोखाका २४ व्यक्तिको स्वाव परिक्षणको नतिजा नेगेटिभ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ६, २०७७ बुधबार ०:४१:५
![](https://nepalbahas.prixacdn.net/media/albums/corona_tests_cIBpPjaw9J.jpg)
६ जेठ, काठमाडौं । टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा गरिएका २४ व्यक्तिको स्वाब सङ्कलनको नतिजा नेगेटिभ देखिएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौंको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी सावित्री तिम्सीना चालिसेको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएपछि टोखामा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका–९ बुद्धमार्गमा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको जानकारी दिए । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ देखिएको छ”, उनले भने ।
टोखा नगरपालिका–९ बुद्धमार्गका २४ जनाको स्वाब सङ्कलनको नतिजा नेगेटिभ देखिएसँगै शनिबार रातिदेखि शिल गरिएको गोँगबु क्षेत्रलाई बन्दाबन्दी खुकुलो बनाइएको छ । टोखाले स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएकाले नडराइकन सम्यमता अपनाइ लकडाउनको पूर्ण पालना गर्न नगरबासीलाई आग्रह समेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार