कोरोना नियन्त्रणमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ६, २०७७ बुधबार १:२२:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/karmachari_LFiwSFdKW5.jpg)
◊ नारायण अधिकारी
६ जेठ, चितवन । कोभिड–१९ को त्रास बढिरहेको समयमा इच्छाकामना गाउँपालिकाले कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि जोखिम मोलेर सेवामा खटिने स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीहरुलाई प्रोत्साहन भत्तास्वरुप एक महिना बराबरको तलब उपलब्ध गराउने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले कोरोना रोकथामका कामलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहनस्वरुप एक महिनाबराबरको तलब भत्ता उपलब्ध गराउने निर्णय गरिएको बताए । अध्यक्ष गुरुङले भने, “विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको छ, ती कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप एक महिना बराबरको तलब दिने निर्णय गरेका छौँ ।”
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य सहायता कक्ष राखेको छ । गण्डकी प्रदेशबाट प्रवेश गर्ने नाका मुग्लिन पुल नजिक, धादिङबाट प्रवेश गर्ने नाका मौवा खोला र गाउँपालिका परिसरमा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा रहेका छन् । पैदल यात्रुहरुलाई स्वास्थ्य जाँचपश्चात मात्र गाउँपालिका प्रवेश गर्न दिइएको छ । यसअघि पृथ्वी राजमार्ग हुँदै पैदल यात्रामा आएकाहरुलाई उनीहरुको गन्तव्यसम्म गाडी चढाएर पठाइएको थियो ।
क्यान्सरका बिरामीसँग कुरुवा एक जना मात्रै
जिल्ला प्रशासन कार्यालय चितवनले ७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी क्यान्सरका बिरामी पठाउँदा कुरुवा एक जना मात्र पठाउने व्यवस्था गरिदिन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले हस्ताक्षर गरी पठाइएको पत्रमा बिरामीको साथमा एक जना मात्र कुरुवा पठाउन आवश्यक सहजीकरण र नियमन गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।
अस्पतालमा बिरामी एम्बुलेन्समा आउने गर्दछन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशैभरिबाट बिरामी उपचारका लागि आउने गर्दछन् । एक जना बिरामीसँग पाँच÷६ जनासम्म एम्बुलेन्समा खाँदिएर आउने गरेपछि प्रशासनले सबै जिल्लामा पत्राचार गरी सहजीकरण गरिदिन अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्ला छिर्ने सिमानामा एक जनाभन्दा बढी कुरुवा आएमा प्रवेशमा कडाइ गरिने बताए । आएको कुरुवा अलपत्र पर्ने भएकाले अग्रिम जानकारी गराइएको उनले बताए। क्यान्सर अस्पताल नजिकका होटलहरु यतिबेला बन्द रहेका छन् । कुरुवा घर खाली छैन । बिरामी र कुरुवाले बाहिरै खाना पकाएर खान बाध्य भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले विभिन्न जिल्लाबाट दैनिक ५० वटा हाराहारी एम्बुलेन्स बिरामी लिएर आउने गरेको बताए ।
अस्पतालमा दैनिक झण्डै २०० बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ । अस्पतालले कोरोना सङ्क्रमण भित्रन नदिन सकेसम्म उच्च सावधानी अपनाएको गौतमको भनाइ छ । विसं २०५७ मा १०० श्ययाबाट अस्पताल सञ्चालनमा आएको हो । अहिले अस्पताल ४५० श्यया पुगेको छ । चीन सरकारले एशियाकै नमूना अस्पतालको रुपमा निर्माण गरिदिएको यस अस्पतालले वार्षिक १० हजार हाराहारी क्यान्सरका बिरामीको उपचार गर्दै आएको छ ।
माडी नगरपालिकाले पीसीआर परीक्षण किट किन्ने
माडी नगरपालिकाले भारत र तेस्रो मुलुकबाट आउने आफ्ना नगरवासीको कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट आफँै खरीद गर्ने भएको छ । नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट किट खरीदका लागि रु १० लाख विनियोजन गर्ने निर्णय गरेको छ ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार माडी स्थायी घर भई चार हजार २०० हाराहारी विदेशमा रहेका छन् । ढकालले तत्काल २५ प्रतिशत आए पनि राख्नका लागि ११ वटा क्वारेन्टिन व्यवस्था गरिसकेको बताए । माडीका नौवटै वडामा एक–एक र थप दुईवटा क्वारेन्टिन तयार गरेको उनले बताए । एउटा क्वारेन्टिनमा एक सय जना राख्न मिल्ने गरी व्यवस्था गरिएको छ । विदेशबाट आएकाहरुलाई १४ दिन क्वारेन्टिनमा राखेर स्वाबमार्फत कोरोना भाइरसको पिसिआर परीक्षण गरी नेगेटिभ देखिएमा १७ दिनमा घर पठाउने ढकालको भनाइ छ ।
पीसीआर परीक्षणका लागि भरतपुर कोभिड–१९ प्रयोगशालासँग कुराकानी भइसकेको उनले बताए । उनले भने, “प्रयोगशालामा पनि किटको अभाव देखिएकाले बाहिरबाट आउनेहरुका लागि किट हामी आफै किन्दैछौँ ।” रकम नपुगे थप गरेर भए पनि किट खरीद गर्ने उनले बताए । ढकालले भारतको मुम्बईबाट आएका २४ जनालाई ठोरी नाकाबाट फिर्ता गरिएकामा आज साँझसम्ममा प्रवेश गर्न दिने आश्वासन प्राप्त भएको बताए । ठोरी नाकामा समस्या देखिएको भन्दै उनले अब भारतबाट आउनेलाई भैरहवाको बाटो हुँदै ल्याइने बताएयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
असार २, २०८१ आइतबार
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार