शिक्षक संघ चितवनले दियो ३५ जिल्लाका २७० शिक्षकलाई १० दिने आइसीटी तालिम
नेपालबहस संवाददाता
जेठ ६, २०७७ बुधबार १:४०:५२
६ जेठ, चितवन । नेपाल शिक्षक संघ चितवन जिल्ला कार्यसमितिले शिक्षकहरुका लागि १० दिने सूचना प्रविधियुक्त सिकाई अनलाइन तालिम सञ्चालन गरेको छ । ३५ जिल्लाका २७० शिक्षकहरुले दिनको तीन घण्टाका दरले तालिम लिएका थिए ।
सोमबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १० दिने तालिमको समापन गरेका हुन् । समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले कोरोना माहामारीले शिक्षकहरुको काँधमा थप जिम्मेवारी थपिदिएको बताए । अब विद्यार्थीलाई मात्रै पढाएर शिक्षकको जिम्मेवारी पुग्ने नदेखिएको भन्दै उनले शिक्षकले अब भयभित समाज र बाटो बिराएको राजनीतिलाई पनि सहि सन्देश दिनुपर्ने धारणा व्यक्त गरे ।
‘अभिभावकहरुलाई कोरोनाको महामारीको सही सन्देश सुनाउनुहोस्, राजनीतिक नेताहरुले सही बाटो देखाउनुहोस्’– प्रवक्ता शर्माले भने– ‘बालबालिकालाई शैक्षिक र मानसिक सिकाई गर्नुहोस्’ उनले लामो समय शिक्षण संस्था पूर्णत बन्द गरेर राख्न नहुने भन्दै सरकारले परीक्षणको दायरा बढाएर बिस्तारै शिक्षण संस्था विभिन्न विकल्पहरुमा खुला गर्दै जानुपर्ने बताए ।
यस्तै, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोना कहरका बीच खाली समयलाई सदुपयोग गर्दै चितवन संघले रचनात्मक काम गरेकोमा प्रशंसा गरे । गुणस्तरीय शिक्षकले मात्रै गुणस्तरीय शिक्षा दिनसक्ने भन्दै शिक्षकहरु आफैले आफ्नो क्षमता बढाउन प्रयास गर्नु अनुकरणीय भएको बताए ।
नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष देवेन्द्र उपाध्यायले शिक्षकले नै शिक्षकको क्षमता बढाउने, सूचनाप्रविधि सिकाउने पहल थाल्नु राम्रो कुरा भएको भन्दै चितवन संघलाई धन्यवाद दिए । सरकारले गर्नुपर्ने, अझ संघीय कार्य समितिले गर्नुपर्ने काम जिल्लाका शिक्षकहरुले गर्नु प्रशंसनीय भएको उनको धारणा थियो ।
शिक्षक संघ संघीय समितिका उपमहासचिव सुन्दर पन्तले चितवन जिल्लाले ३५ जिल्लाका शिक्षकहरुलाई १० दिने सूचनाप्रविधि तालिम दिएर उल्लेखनीय काम गरेको भन्दै धन्यवाद दिए । समापन कार्यक्रममा बोल्दै शिक्षक संघ चितवनका अध्यक्ष डा. हरिप्रसाद कँडेलले लकडाउनमा बसिरहेका शिक्षकलाई मानसिक ताजगीसँगै थोरै भएपनि क्षमता विकास होस् भनेर तालिम आयोजना गरिएको बताए । प्रतिकुलतामा पनि सकारात्मकता र सिर्जनाको खोजी गर्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको र त्यो सफलतापूर्वक सम्पन्न भएको भन्दै डा. कँडेलले सहयोगी सबैलाई धन्यवाद दिए ।
तालिममा सहभागी शिक्षकहरुले भने १० दिने तालिमले आफूहरुलाई नयाँ जीवन दिएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । सहभागी लमजुङका शिक्षक राजीव पण्डितले पहिले आफुलाई मोवाइलमा फोन गर्न, गीत सुन्न र सामाजिक सञ्जाल चलाउन मात्रै मिल्छ भन्ने लागेपनि तालिमपछि यसबाट विद्यार्थीलाई सिकाउन, गृहकार्य दिन, शैक्षिक सामग्री निर्माण गर्न मिल्ने कुरा जानेको बताए । अब सिकेको सीप कक्षाकोठा र विद्यार्थीसम्म पुर्याउने उनले प्रतिबद्धता जनाए ।
कालिका कन्यामन्दिर मावि बागलुङकी शिक्षक हुमा रिजालले तालिमले आफुलाई नयाँ जुनी पाएको अनुभव भएको बताइन् । मोवाइलमा फोन उठाउन मात्रै जानेकी थिएँ, अब यसबाट सिकाउन र शैक्षिक सामग्री बनाउन पनि जानेँ–उनले भनिन् ।स्याङ्जाकी शिक्षक सीता गैरेले तालिमबाट धेरै कुरा सिकेको बताइन् । मोवाइल र ल्यापटप भए घरमै बसेर पनि सिकाउन सकिने रहेछ भन्दे उनले सिकेको सीपको व्यवहारिक प्रयोग गर्ने बताइन् । निलकण्ठ मावि धादिङका प्रअ ध्रुव अधिकारीले पहिले सूचनाप्रविधिमा थोरैमात्र ज्ञान भएपनि तालिमपछि फराकिलो बनेको भन्दै अब सिकाईमा यसको भरपूर प्रयोग गर्ने बताए ।
जमुनीया मावि बर्दियाका प्रअ कुमारप्रसाद सापकोटाले सूचनाप्रविधिको ज्ञान पाएपछि बल्ल आफूलाई वास्तविक रुपमा शिक्षक भएको अनुभव मिलेको बताए । चितवनका शिक्षक विनोद अधिकारीले तालिमले मोवाइल र ल्यापटपबाटै प्रश्नपत्र, नतिजा, सिकाई सामाग्री, विषयगत क्वीज, पावरप्यान्ट निर्माण गर्ने लगायतका धेरै काम गर्न सकिने कुरा सिकाएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार