नेपालमा पहिलो पटक डाक्टरलाई पनि कोरोना संक्रमण !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ६, २०७७ बुधबार १:४६:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/doctors_Dl7wSjjlrm.jpg)
६ जेठ, काठमाडाैं । नेपालमा पहिलो पटक डाक्टरलाई पनि कोरोना संक्रमण भएको छ । संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक डाक्टरलाई पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीमा कार्यरत छन । मंगलबार बेलुकी मात्रै २७ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौं उपत्यकाका पाँच जना संलंग्न छन । तीमध्ये डाक्टर पनि संक्रमित रहेका स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका बेला उनी संक्रमित भएको आशंका गरिएको छ । यसअघि दुई जना नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अहिले डाक्टरलाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण भएपछि यसले भयावह अवस्था सिर्जना हुने अनुमान गरिएको छ । नेपालाम अहिलेसम्म ४ सय २ जनामा संक्रमण पुष्टि भएकामा ३७ जनालाई निको भएको छ । दुई जनाको भने ज्यानै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार