नरैनापुरका ५९ सङ्क्रमितको नेपालगञ्ज र खजुरामा उपचार
नेपालबहस संवाददाता
जेठ ६, २०७७ बुधबार २:५५:१७
६ जेठ, राँझा । बाँकेको नरैनापुरमा सोमबार एकैदिन भेटिएका ५९ कोरोना सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा राखेर उपचार सेवा प्रदान गरिने भएको छ । ती सङ्क्रमितमध्ये नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा तयार गरिएको आइसोलेशन वार्डमा २५ र खजुराको क्यान्सर अस्पतालमा ३४ जनालाई राखेर उपचार सेवा दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार यसअघि कोहलपुर–८ पिपरीस्थित कृषि विकास तालीम केन्द्रमा प सङ्क्रमितलाई राख्न खोजिए पनि खजुरामै राख्ने निर्णय भएको छ । नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन वार्ड सञ्चालन गर्न कठिनाइ भएपछि सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा व्यवस्थापन गर्न लागिएको हो । लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा आइसोलेशन अस्पताल बनाई उपचार सेवा दिने तयारी गरिए पनि बिरामीले आवश्यक स्वास्थ्य सेवा पाउन नसक्ने देखिएपछि विकल्प खोजिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।
नरैनापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विद्युत् सुविधा नभएको र सङ्क्रमितलाई राख्न भेन्टिलेटर तथा आइसियुलगायतक व्यवस्था हुन नसक्ने देखिएका कारण नेपालगञ्ज र खजुरामा राख्न थालिएको हो । नरैनापुरमा सोमबार पुष्टि भएका सङ्क्रमितलाई आजैदेखि आइसोलेशनमा राखेर आवश्यक स्वास्थ्य सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले जानकारी दिए । यसअघि नेपालगञ्जमा फेला परेका सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको तथा नरैनापुरका आठ जनालाई दाङ पठाइएको छ ।
मुम्बईबाट एउटै बसमा सङ्क्रमित
नरैनापुरका ४७ जना कोरोना संक्रमित भारतको मुम्बईबाट सँगै आएको खुलेको छ । दिल्लीसम्मको यात्रा बसमा गरेका उनीहरु त्यसपछि कहिले ट्रकमा त कहिले पैदल यात्रा गरेरै नरैनापुरसम्म आइपुगेको नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए। नेपाल प्रवेशपछि भने क्वारेन्टिनमा राखिएकाले बाह्य व्यक्तिसँग सम्पर्कमा नरहेको बताइएको छ ।
सोमबार भेटिएका संक्रमितमध्ये धेरैलाई भोजपुरस्थित दीपेन्द्र माविको क्वारेन्टिनमा राखिएको थियो । त्यसअघि संक्रमण पुष्टि भएका आठ जनामध्ये दीपेन्द्र माविकै तीन र जयकिसान माविमा दुई, नेरा प्रावि शंकरनगरमा एक, आदर्श मावि लक्ष्मणपुरमा एक र नेरा प्रावि खुदहवामा एक जनालाई राखिएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले पनि संक्रमित सबै भारतको एउटै शहर मुम्बईबाट आएको जानकारी दिए। नरैनपुरका २३ क्वारेन्टाइनमा रहेका सबै गत वैशाख २१ देखि यही जेठ ३ गतेसम्म भारतबाट आएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार