अब शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने
नेपालबहस संवाददाता
जेठ ६, २०७७ बुधबार ३:१७:५५
६ जेठ, काठमाडौं । अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिइने भएको हो । लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने छन् । अहिले एक जनालाई परीक्षण गराउन करिब रु १५ हजार लाग्ने गर्दछ । मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीले पहिलो चरणमा सार्वजनिक संस्थालाई र विस्तारै निजी स्वास्थ्य संस्थालाई दिने बताए ।
“सम्भावित सङ्क्रमितलाई सरकारले नै पीसीआरबाट परीक्षण गर्ने छ” उनले भने, “तर इच्छुक कोही व्यक्तिले चाहेमा ति संस्थाबाट शुल्क तिरेर पनि परीक्षण गराउन पाउने छन् ।” अहिलेसम्म सम्भावित सङ्क्रमितलाई सरकारले निःशुल्क रुपमा पिसिआर परीक्षण गराइरहेको छ । सरकारले अहिले १९ ठाउँबाट पीसीआर परीक्षण गरिरहेको छ ।
यसैगरी अहिलेसम्म पीसीआरबाट ३२ हजार ६०४ जना र आरडीटीबाट ७४ हजार ६४९ जनामा परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआरबाट २ हजार २८० र आरडीटीबाट पाँच हजार ८९ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा २१ हजार ६२३ जना र आइसोलेशनमा ४५७ जना रहेका छन् ।
यसैगरी मन्त्रालयले प्रदेश नं २ र ५ मा केन्द्रबाट १०, १० जनाको चिकित्सकको टोली चाडै नै पठाउने भएको छ । ति प्रदेशमा सङ्क्रमण बढेपछि मन्त्रालयले चिकित्सकको टोली चाडै पठाउन लागेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए। उनका अनुसार ती चिकित्सकको टोलीले ति प्रदेशका सङ्क्रमित फैलिएको ठाउँलाई केन्द्रविन्दु बनाएर कोभिड–१९ रोकथाम र नियन्त्रण गर्ने छन् ।
यसैगरी मन्त्रालयले काठमाडौंका विभिन्न स्थानमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले परीक्षणको दायरा बढाएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार कालिमाटीमा गरिएको ७०० आरडीटी परीक्षणमा तीन जनाको पोजेटिभ रहेको बताए ।
यसैगरी सरसफाई गर्ने कर्मचारी ६६४ जनामा गरिएको आरडीटी परीक्षणमा ३१ जना पोजेटिभ देखिएको छ । गोंगबु क्षेत्रमा ४२० जनामा आरडीटी गरिएकोमा १५ जनाको पोजेटिभ, भृकुटीमण्डप क्षेत्रमा ४५२ जनामध्ये ३२ जनामा पोजेटिभ देखिएको छ । उनका अनुसार अहिलेसम्म काठमाडौंका विभिन्न स्थानमा दुई हजार २३६ आरडीटी र एक हजार १९ जनामा पीसीआर गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार