कालिमाटीमा कार्यरत २ जना सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण,६ वृत्त तथा प्रभाग सिल
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार १४:२१:४०
७ जेठ, काठमाडौं । उपत्यकामा कार्यरत २ जना सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरीका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एकजना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।
यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार यसबारे प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।
मंगलबार दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । त्यसपछि उक्त प्रभागमा कार्यरत झण्डै ९० जना प्रहरीको पीसीआर गर्न स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ ।
सुरक्षाका लागि सडकमा खटिएका ती प्रहरीमा कोरोना पोजेटिभ देखिएपछि स्थानीय पनि त्रसित छन् । प्रहरीले लगत्तै कालिमाटी प्रहरी बृत्तलगायत नजिकैका अरु ६ वृत्तलाई सिल गरेको छ । प्रहरी बृत्तसँगै रहेको ट्राफिक प्रहरी प्रभाग र महिला प्रहरी सेललाई तत्कालै सिल गरिएको काठमाडौं प्रहरी प्रभागका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् ।
यसका साथै, कालिमाटी प्रभाग अन्तर्गतका बल्खु, कलंकी र स्यूचाटार प्रभाग पनि सिल गरिएको उनले बताए । स्रोतका अनुसार, संक्रमित दुबै प्रहरी हिजो राति पनि ब्यारेकमै बसेका थिए ।
यसैबीच हिजै भक्तपुरका एक जना संक्रमित भनिएका पुरुष काठमाडौं महानगरपालिकाको गाडी चालक रहेको बुझिएको छ । संक्रमित ती पुरुष भक्तपुर ५ का स्थायी बासिन्दा हुन् । उनी बस्ने क्षेत्रको पनि हिजै साँझ सिल गरिएको छ । साथै, संक्रमितलाई भने हिजै अस्पताल पु¥याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार