कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुग्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार १७:२३:२०
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
७ जेठ, काठमाडौं । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणका कारण थप एकजनाकाे निधन भएको छ । गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
गुल्मी मदाने गाउँपालिका–६ का उनको रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको छ । यद्दपि सरकारले यसको आधिकारिक पुष्टि भने गरिसकेको छैन् ।
विगत एक हप्तादेखि ज्वरो आएसँगै टाइफाइटको शंका गरी औषधी सेवन गर्दै आएका मृतक शिक्षकको गत जेठ १ गते अस्पतालमा भर्ना भएपछि गरिएको चेकजाँचका क्रममा उनलाई कोरोना संक्रमण भएको पत्ता लागेको थियो । गत सोमबार कोरोना पुष्टि भएसँगै रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालकाे आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।
यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । दुवै मृतकको रिपोर्ट भने मृत्यु भएपछि भएको परिक्षणबाट मात्र कोरोना पुष्टि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार
सप्तकोशीमा पानीको बहाव घट्यो
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार