राष्ट्र बैंकद्धारा विभाग तथा कार्यालयको नाम परिवर्तन [ हेर्नुस सूचीसहित ]
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार १९:५४:५२
७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना विभाग तथा कार्यालयहरुको नाम परिवर्तन गरेको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै आफ्ना सातवटा विभागको नाम परिवर्तन गरिएको जानकारी दिएको हो।
साउन १ गतेदेखि लागू हुने गरी गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन गरेको राष्ट्र बैंकले जनाएको छ । सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग भएको छ ।
अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग भएको छ । सूचना प्रविधि विभाग महाशाखामा परिणत भएको छ । उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालयमा रूपान्तरण भएको छ ।
त्यस्तै, लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग नामाकरण गरिएको छ । संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग भएको छ । बैंकिङ कार्यालय बैंकिङ विभाग भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार