नगरप्रमुख रावल भन्छन् :- चाहेर पनि सीमास्तम्भ जोगाउन सकेनौं
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २१:३८:२१
७ जेठ, काठमाडौं । कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् ।
यो वर्षको नदी कटानले ७०१-१ नंको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । नदीले दुई साताअघिदेखि कटान शुरु गरेको हो । नदीले ३०० मिटरको दूरीमा रहेको सहायक सीमा कटान बढेपछि नदीमा मिसिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिएका छन् । “नदी कटान तीव्र भएको छ, एक साताअघि अनुगमन गरेका थियौँ”, नगरप्रमुख रावलले भने, “साता नबिल्दै स्तम्भ नदीमा मिसियो ।”
प्रमुख रावलले चाहेर पनि सीमास्तम्भ जोगाउन नसकिएको बताए । “नेपालतर्फको थुप्रै भूभाग नदीले बगाइसकेको छ”, रावल भन्छन्, “अहिले नदी बगिरहेको ठाउँमा कुनै बेला मानवबस्ती थियो ।” यो नदी कुनै बेला कैलाली र बर्दियाको सीमा हुँदै बग्थ्यो । विसं २०४० मा नदीले धार परिवर्तन गरेर कैलालीतर्फ मोडिएको स्थानीयवासी बताउँछन् । विसं २०४० मा आएको बाढीले कैलालीका थुप्रै गाउँ नदीले बगायो । तिनै गाउँ अहिले बगर बनेका स्थानीयवासी झपट बुढाले बताए ।
अहिलेसम्म टीकापुर नगरपालिकाभित्रका चार मुख्य र ११ सहायक सीमास्तम्भ नदीले बगाएको छ । तीमध्ये धेरैजसो मोहना नदीको कटानले बगाएको सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले बताए । उनले नदी कटानले सीमास्तम्भ हराउने क्रम जारी रहेको जानकारी दिए ।
नगरपालिकाभित्रका मुख्य सीमास्तम्भ ७०१, ७०३, ७०४ र ७०६ नदीमा मिसिएका छन् । त्यस्तै सहायक सीमास्तम्भ ७०२/२ देखि ७०२/७ सम्म, ७०४/३, ७०४/४, ७०४/६ र ७०५/३ समेत बेपत्ता अवस्थामा रहेको दुई देशको सीमा सर्भे टोलीको रिपोर्टमा उल्लेख छ । तीमध्ये धेरैजसो सीमास्तम्भ पुनःनिर्माणको समस्या भइरहेको छ । “सीमास्तम्भ भएको ठाउँमा नदी बगिरहेको छ”, सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज भट्टले भन्नुभयो, “कुन ठाउँमा पुनःनिर्माण गर्ने भन्ने नै अन्योल छ ।”
कैलालीमा जम्मा २८२ सीमास्तम्भ रहेका छन् । तीमध्ये ५३ मुख्य र बाँकी सहायक सीमास्तम्भ भएको नेपालतर्फको टोली नं ४ का टोलीनेता सुदर्शन धामीले जानकारी दिएका छन् । “हामी मर्मतको काम गरिरहेका छौँ”, धामीले भने, “दुई देश नेपाल र भारत मिलेर मर्मतको काम भइरहेको छ । कतिपय सीमास्तम्भ नदी कटानका कारण बेपत्ता छन् । बेपत्ता भएका सीमास्तम्भ कसरी निर्माण गर्नु ?”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार