काभ्रेमा उच्च सतर्कता, परीक्षणको दायरा बढाइँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २१:२१:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/Dhulikhel_KKbHCB3KBo.jpg)
◊ राजकुमार पराजुली
७ जेठ, काभ्रेपलाञ्चोक । कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा हप्ताअघि एक महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा सावधानीपूर्वक परीक्षणको दायरा फराकिलो बनाइएको छ । जिल्लामा उच्च सतर्कता अपनाइ स्थानीय तहका स्वास्थ्य शाखामार्फत प्रारम्भिक परीक्षण ¥यापिड डायग्नोष्टिक टेष्ट ‘आरडीटी’ भइरहेको छ ।
कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि प्रारम्भिक परीक्षण ‘आरडीटी’मा कोरोना भाइरस पोजेटिभ देखिए क्वारेन्टिन तथा आइसोलेसनमा राखी पीसीआर परीक्षण गर्ने गरिएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा गरिएको पिसीआर परीक्षणमा कसैका रिपोर्ट पनि पोजेटिभ देखिएको छैन । पहिलो चरणमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न तथा राहत अभियानमा खटेका जनप्रतिनिधि एवं अगुवाको कोरोना भाइरसको प्रारम्भिक परीक्षण ‘आरडीटी’ गर्न थालिएको हो ।
केही स्थानीय तहका केही जनप्रतिनिधि तथा कर्मचारीबाहेकमा आरडीटी रिपोर्ट पोजेटिभ नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टका सदस्य डा नरेन्द्र झाले बताए । उनका अनुसार आरडिटीमा पोजेटिभ देखिएकालाई क्वारेन्टिन तथा आइसोलेसनमा राखी पीसीआर र प्रविधिबाट परीक्षण गरिँदै आइएको छ । झाका अनुसार पनौती र पाँचखाल नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीमा आरडिटी पेजेटिभ आएपछि स्वाब सङ्कलन गरी क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
खानीखोला गाउँपालिकाबाहेक अन्य १२ स्थानीय तहमा कोरोना भाइरसको प्रारम्भिक परीक्षण भइरहेको झाले बताए । उनका अनुसार चौँरीदेउराली र तेमाल गाउँपालिकामा आजको परीक्षणमा दर्जनभन्दा बढी कर्मचारीलगायतमा आरडिटी पोजेटिभ देखिएकाले पिसीआर परीक्षण गर्न धुलिखेल अस्पताल पठाइएको छ ।
जिल्ला कमाण्ड पोष्टका अनुसार विदेशबाट काभ्रेपलाञ्चोक घर फर्किएकासमेत गरी एक हजार १५८ जनाको आरडिटी भइसकेको छ भने १३६ जनाको पिसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण भएको छ । झाले भने, “कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न एवं राहत अभियानमा खटेका जनप्रतिनिधि एवं अगुवाहरुको तथा कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिएका सबैको परीक्षण भइरहेको छ, अझै यसको दायरा बढाउँदैछौँ ।”
गत बिहीबर राति धुलिखेल अस्पतालमा कोरोना भाइरसका कारण एक सुत्केरीको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “जिल्लास्थित राजमार्ग, अस्पताल एवं स्वास्थ्य संस्था तथा शहर र बस्तीबस्तीमा उच्च सतर्कता अपनाइएको छ ।”
उनले सङ्क्रमण जोखिमको अवस्था मूल्याङ्कन गरी सुरक्षाका मापदण्ड पूरा गर्दै सामाजिक दूरी कायम गरी लकडाउन अवधिभर औषधि, स्वास्थ्य सामग्री, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री–वितरण, निर्माण सामग्रीको ढुवानी, विकास आयोजना सञ्चालन तथा बैंकिङ–वित्तीय सेवालाई आंशिक सञ्चालन गर्ने निर्णय गरिएको छ ।
यसैबीच कारोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुनसक्ने जनाउँदै काभ्रेपलाञ्चोकमा क्वारेन्टिन तथा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको छ । विशेषगरी शहरी क्षेत्रमा क्वारेन्टिन तथा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको नरेन्द्र झाले बताए । उनका अनुसार जिल्लामा थप क्वारेन्टिन व्यवस्थापन गर्दै श्यया सङ्ख्या एक हजार पु¥याइनेछ । “पूर्वतयारीस्वरुप क्वारेन्टिन र श्यया सङ्ख्या बढाइने भएको हो”, झाले भने।
झाका अनुसार हाल जिल्लास्थित स्थानीय तहलगायत विभिन्न स्थानका क्वारेन्टिानमा ३४२ श्यया व्यवस्थित गरिएको छ । हाल धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नपामा १५, चौारीदेउराली गाउँपालिकमा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोला गाउँपालिकामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । धुलिखेल अस्पतालमा आठ, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच र बनेपास्थित नेपाल रेडक्रस सोसाइटीमा पाँच श्ययाको आइसोलेसनकक्ष छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार