नेपाल एयरलाइन्सले अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २१:२५:४
७ जेठ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ ले तेस्रोपटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्ने भएको छ । निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते ‘मे ५ तारिख’ अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।
नेपालस्थित अष्ट्रेलियन दूतावासले निगमको वाइडबडी जहाज चार्टर्ड गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनका अनुसार जेठ २३ गते क्यानबेरामा निगमको वाइडबडी जहाजले चार्टर्ड उडान गर्ने निश्चित भएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक र छुट्टीमा आएका पिआर होल्डर नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्र्टर्ड गरी लैजान लागेको हो ।
यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइडबडी जहाजले पहिलोपटक विसं २०७६ चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडन गरेको थियो । यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता भइसके पनि नियमित उडान हुनसकेको छैन ।
निगमले यसअघि चीनको बेइजिङ, चाङ्सा र ग्वान्जाओमा कार्गो चार्टर्ड उडान गरिसकेको छ । पछिल्लोपटक मङ्गलबार र सोमबार निगमको दुई वाइडबडी जहाले कार्गो उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । ती स्वास्थ्य सामग्री नेपाली सेनाले खरिद गरेको हो ।
जापानमा तीन चार्टर्ड उडान
निगमको वाइडबडी जहाजले आगामी जेठ ९ गते जापानमा पनि तेस्रोपटक चार्टर्ड उडान गर्दैछ । निगमले जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्न लागेको हो । सोही गन्तव्यमा यसअघि जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रोपटक चार्टर्ड उडान गरेको थियो । त्यसैगरी गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमको वाइडबडी जहाज काठमाडौंको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले काठमाडौं–नारिता ‘जापान’ चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।
नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ ।
हङकङमा पनि चार्टर्ड उडान
निगमले आगामी जेठ ११ गते हङकङमा पनि चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका केही कङकङ्गेली नागरिक र हङकङ आइडी भएका नेपालीलाई जहाज चार्टर्ड गरी लैजान लागिएको हो । यो गन्तव्यको उडानका लागि पनि निगमको वाइडबडी जहाज चार्टर्ड गरिएको छ । यात्रुको सङ्ख्या भने यकिन भएको छैन । हङकङमा निगमले नियमित उडान भर्दै आएको छ । यो गन्तव्यमा लकडाउनका कारण हाललाई उडान स्थगन भएको हो । निगमले भारतका तीनसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार