बन्दाबन्दीमा कोरोनासँग असम्बन्धित बोलपत्र नगर्न आग्रह
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २१:२९:२०
७ जेठ, काठमाडौं । बन्दाबन्दीको अवधिमा कोरोनासँग असम्बन्धित सार्वजनिक खरिद प्रक्रिया रोक्न नेपाल निर्माण व्यवसायी महासङ्घले आग्रह गरेको छ । कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी बन्दाबन्दीको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रिया यथावत रहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरोकार भएका निकायसमक्ष पटक–पटक ताकेता गर्दा समेत अति आवश्यक र कोेभिड–१९ सँग असम्बन्धित खरिद प्रक्रिया सङ्घीय, प्रदेश र स्थानीय सरकारअन्तर्गतका सार्वजनिक निकायले अझै स्थगित नगरेको महासङ्घका महासचिव रोशन दाहालले बताए ।
बन्दाबन्दीका कारण निर्माण व्यवसायी एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको महासङ्घले जनाएको छ । यसअघि जारी भएका पास रद्द भइ केही स्थानीय तहले आफ्ना क्षेत्रभित्र आवतजावतमा कडाइका साथ रोक लगाएको स्मरण गराएको छ । बैंक ग्यारेण्टीलगायत कागजात तयार गर्नसमेत व्यवसायीलाई समस्या रहेको छ । महासङ्घले पूर्ण क्षमतासहित बैंक सञ्चालन नभएकाले ती बोलपत्रमा निर्माण व्यवसायी सहभागी हुनबाट बञ्चित हुने र स्वच्छ प्रतिष्पर्धासमेत नहुने ठहर गरेको छ ।
अतिआवश्यक सेवा र कोभिड–१९ सँग असम्बन्धित खरिद प्रक्रियामध्ये आह्वान भइसकेका बोलपत्र बन्दाबन्दी खुलेको सात दिनपछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासङ्घले आग्रह गरेको छ । यसपछि आह्वान हुने सम्पूर्ण बोलपत्र, आशय पत्र, सिलबन्दी दरभाउपत्रलगायत खरिद प्रक्रिया हाललाई स्थगन गर्न पनि महासङ्घले तीनै तहका सरकारअन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायसमक्ष अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार