हलेसीमा सङ्क्रमित भेटिएपछि च्यास्मिटारमा उच्च सतर्कता
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २१:३७:१७
६ जेठ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना भाइरस सङ्क्रमित व्यक्ति फेला परेसँगै छिमेकी वडामा उच्च सतर्कता अपनाइएको छ । काठमाडौंबाट उद्धार गरेर ल्याइएका २० वर्षीय युवकमा सङ्क्रमण देखिएपछि वडा नं ३ च्यास्मिटारस्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण वडास्तरीय समन्वय समितिले एक टोलबाट अर्को टोलमा जान रोक लगाएको छ ।
एक टोलबाट अर्को टोलमा जानै पर्ने भए वडाले तोकेको सम्पर्क व्यक्तिको अनुमति लिएरमात्र जान पाइने नियम बनाइएको वडाध्यक्ष भलाराज राईले बताए । अनुमति लिन साविकको नौँवटै वडामा दुईजनाका दरले सम्पर्क व्यक्ति तोकिएको छ ।
यस्तै, टोलमा पाँचजनाभन्दा बढी भेला हुन नपाइने, वडामा खाद्यान्नबाहेकका अन्य पसल खोल्न नपाइने, खाद्यान्न पसल पनि बिहान ६ देखि ८ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था मिलाइएको छ । लकडाउनको पालना एवं वडास्तरीय समन्वय समितिले बनाएको नियम पालना गराउन मङ्गलबारदेखि प्रहरीचौकी च्यास्मिटारका प्रहरीमार्फत माइकिङ शुरु गरिएको छ ।
प्रहरीमार्फत माइकिङ गर्दै लकडाउन पालना भए÷नभएको विषयमा टोल टोलमा अनुगमन पनि गरिने वडाध्यक्ष राईले जानकारी दिए । हलेसीमा भेटिएका सङ्क्रमित युवकलाई उपचारका लागि मङ्गलबार साँझ विराटनगर पठाइएको छ । काठमाडौंबाट ल्याइएका ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको आठजनाको परिवार, उनीसँगै बसमा यात्रा गरेर आएका व्यक्ति, उनको संसर्गमा बसिसकेका व्यक्तिलगायत गरी ४३ जनाको पीसीआर टेष्ट गर्न बिपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठान धरान पठाइएको नगर उपप्रमुख विमला राईले बताए । “होम क्वारेन्टिनमा बसेपछि उनी गाउँकै खानेपानी योजनाको काममा संलग्न भएकाले सो आयोजनाको काममा संलग्न सबैको पीसीआर टेष्ट गर्ने तयारी गरिएको छ”, उनले भने, “हाल सङ्क्रमित युवकसँगै बसमा यात्रा गरेका अन्य व्यक्तिको खोजी कार्य भइरहेको छ ।”
गत वैशाख–१२ गते राजधानी काठमाडौंबाट बा४ख २२११ नम्बरको बसमार्फत उनीसँगै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेको अनुमान गरिएको छ । शहरमा बसिरहेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउने क्रममा उनीसहित ५१ जना सो बसमार्फत गाउँ आएका थिए ।
नगरपालिकाले उद्धार गरेर गाउँ ल्याएपछि उनी होम क्वारेन्टिनमा बसेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले सङ्क्रमित युवकको गाउँसँगै रहेको हलेसी बजारलाई पूर्णरुपमा अनिश्चितकालका लागि बन्द गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार
जुवाको खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
कात्तिक २०, २०८१ मंगलबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार