आज तीन बालिकासहित २५ जनामा कोरोनाको पुष्टि, सङ्क्रमित ४२७ पुगे
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २३:२७:५६
७ जेठ, काठमाडौं । आज २५ जनामा कोभिड-१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी ‘पश्चिम’ जिल्लामा नयाँ २५ जना सङ्क्रमित फेला परेको जानकारी दिए।
नयाँ थपिएकासँगै कुल सङ्क्रमित ४२७ जना पुगेका छन् । थपिएका सङ्क्रमित तीनदेखि ४८ वर्षका १८ पुरुष र सात महिला रहेका प्रवक्ता डा अधिकारीले जानकारी दिए । नयाँमा तीन बालिका छन् । नयाँ सङ्क्रमितमा बाँकेका छ जना छन् । नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षका तथा खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । कपिलवस्तुमा १३ सङ्क्रमित छन् । नयाँ सङ्क्रमितमा विजयनगरको क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुष छन् ।
महाराजगञ्ज गाउँपालिका ३, ४ र ६ वर्षीया बालिकामासमेत सङ्क्रमण देखिएको छ । सोही गाउँपालिकाका १६, २५ र ३२ वर्षीया महिला र चार पुरुषमा १२, २०, २४ र ३४ वर्षका छन् । धनकुटाका पाँच जनामा २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीय महिला तथा नवलपरासी ‘पश्चिम’का सुस्ता गाउँपालिका ५ का पुरुष रहेको उनले बताए।
अहिलेसम्म सङ्क्रमितमा ३५८ पुरुष र ६९ महिला छन् । अहिलेसम्म ३८ जिल्लामा सङ्क्रमण देखिएको छ । यसैगरी आज कोशी अस्पतालमा उपचाररत रहेका उदयपुरका आठ जना पूर्णरुपमा निको भई घर फर्किएका छन् । अहिलेसम्म ४५ जना घर फर्किएका छन् । क्रिमसन अस्पतालमा रहेका सङ्क्रमितको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार