पूर्व स्वास्थ्य मन्त्री केसी त्रिशूली अस्पतालमा, १८ स्वास्थ्य संस्थालाई थर्मलगन सहयोग
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बिहिबार ०:३८:३०
७ जेठ, बिदुर । नेपाली कांगेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले मंगलबार त्रिशूली अस्पतालमा गरिएको कोरोनाको तिब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि अस्पतालको कोरोना संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धि पूर्वतयारीको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
बुधबार त्रिशूली अस्पतालमा पुगि नेता केसीले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको प्रमुख स्वास्थ्य संस्थाको पूर्ब तयारीको अवस्था नागरिकको जीवन रक्षाको सवालसंग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशिल रहन अस्पताल प्रशासनलाई सुझाव समेत दिएका छन् ।
त्यसक्रममा जिल्ला स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरे र त्रिशूली अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । यसअघि कांग्रेस नेता केसीको संरक्षकत्वमा रहेको यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले जिल्लाको २ नम्वर निर्वाचन क्षेत्रभित्र पर्ने १८ वटा स्वास्थ्य संस्थालाई ईन्फारेड थर्मोमिटर उपलब्ध गराएको थियो ।
बिदुर नगरपालिका भित्रका ६ वटा स्वास्थ्य संस्थालाई सदरमुकाम बिदुरमा र किस्पाङ र म्यागङ गाउँपालिकाका १२ स्वास्थ्य संस्थालाई म्यागङको देउरालीमा ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले थर्मोमिटर र मास्कहरु हस्तान्तरण गरेको ट्रष्टका महासचिव एवं नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार