सिन्धुलीमा ४७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ, घरटोल सिल
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १४:१८:१९
८ जेठ सिन्धुली । जिल्लामा आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आउनेको पीसीआर विधिबाट जाँच गरिएको छ । पीसीआर विधिबाट जाँच गर्न स्वाब सङ्कलन गरी ५० जनाको प्रादेशिक अस्पतालमा पठाइएको थियो । तीमध्ये ४७ मा कोरोना भाइरस नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रसन्नजङ्ग राजभण्डारीले जानकारी दिए ।
उनले भने, “आरडीटी विधिबाट जाँच गर्दा पोजेटिभ आउने २७ र अरु केही व्यक्तिको गरी ५० जनाको मङ्गलबार थ्रोट स्वाब पठाइएकामध्ये ४७ जनाको रिपोर्ट आएको छ ।” अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्य र सुरक्षाकर्मी, पत्रकार, नागरिक, प्रतिनिधि, कर्मचारीको परीक्षणमा गरिएको थियो । पीसीआर विधिबाट जाँच गर्दा अब बाँकी तीन जनाको रिपोर्ट आज आउने बताइएको छ ।
घरटोल सिल
कमलामाई नगरपालिका–९ पन्नेसीमा पाँच घर सिल गरिएको छ । मङ्गलबार काठमाडाैंमा कोरोना भाइरस सङ्क्रमित २७ वर्षीया महिलामा कोरोना भाइरस देखिएपछि उनको छिमेकी घर पनि सिल गरिएको हो ।
बन्दाबन्दीका समयमा केही दिनअघि महिला घरबाट काठमाडौं गएको कन्टयाक्ट ट्रेसिङमा खुलेपछि घर सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जीतेन्द्रकुमार साहले जानकारी दिए।
सिल गरिएका क्षेत्रमा सुरक्षा सतर्कतासमेत अपनाइएको छ । कन्टयाक्ट ट्रेसिङ गरिएको र महिलाका परिवारका नौसहित ४१ जनालाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न आग्रह गरिएको उनले बताए । साहका अनुसार आज स्वाब सङ्कलन गरी प्रादेशिक अस्पताल हेटौँडामा पठाइने छ ।
बजार सुनसान बन्दै
बन्दाबन्दीमा पनि बजारमा मानिसको आवतजावत र चहलपहल बाक्लै थियो । सोमबार आरडिटी विधिबाट कोरोनाको जाँच गर्दा केही व्यक्तिलाई पोजेटिभ देखाएपछि बजार सुनसान हुन थालेको छ । कोरोना भाइरसको सिन्धुली उच्च जोखिममा रहेका अवस्थामा पनि विभिन्न बहानामा सर्वसाधारणको बजारमा भीडभाड नै हुने गरे पनि एकाएक आरडीटी पोजेटिभ आएपछि बजार भने सुनसान हुन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सामाजिक दूरी कायम गरी दैनिक उपभोग्य वस्तुका पसल बिहान ७देखि १० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ । बिहान हुने भीडभाडले कोरोना भाइरसको सङ्क्रमण हुने जोखिम कायम रहिरहेका बेला सिन्धुली अस्पतालमा आरडीटी गर्दा केहीको पोजेटिभ आएपछि बजारमा मानिसको आवतजावतमा कमी आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
असार २, २०८१ आइतबार
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै कति दिन लाग्ला ?
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार