खाद्यले भन्यो, ९२ हजार मेट्रिक टन चामल मौज्दात छ, ढुक्क हुनुस !
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १५:४१:११
८ जेठ, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग १६ हजार ५०४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन गरी दुई निकायसँग ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ८४३ मेट्रिक टन चामल, ६६४ क्विन्टल फापर, ५२४ क्विन्टल सिमी, ५५७ मेट्रिक टन गहुँ र १८ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ८२५ मेट्रिक टन नून गरी एक लाख ३७ हजार ९६६ मेट्रिक टन मौज्दात छ ।
मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग दुई हजार २६३ चिनी र निजी क्षेत्रसँग ६३ हजार २०७ गरी ६५ हजार ४७४ चिनी मौज्दात छ । यसैगरी निजी क्षेत्रका व्यापारीसँग दाल तथा गेडागुडी १६ हजार ८१ मेट्रिक टन मौज्दात छ भने ८३ हजार ९६७ मेट्रिक टन खाने तेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।
मौज्दात पेट्रोलियम पदार्थ
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट मंगलबार नौ सय ३२ किलोलिटर डिजेल आयात भएकामा एक हजार ६५१ किलोलिटर बिक्री भएको र ३३ हजार १७४ किलोलिटर मौज्दात रहेको छ ।
बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएपछि नेपाल आयल निगमले भण्डारणबाट निश्चित मात्रामा तेल घटेकाले इण्डियन आयल कर्पोरेशनलाई अनुरोध गरेर पाइपलाइन सञ्चालन गर्दै आएको छ ।
बन्दाबन्दीअघि दैनिक सञ्चालन भएको पाइलपाइन हाल आवश्यकतानुसार सञ्चालन गरिँदै आएको छ । यसैगरी निगमसँग छ हजार ५५० किलोलिटर पेट्रोल, दुई हजार १४२ किलोलिटर मट्टीतेल, सात हजार ३४ किलोलिटर हवाइ इन्धन गरी ४८ हजार नौ सय किलोलिटर पेट्रोलियम पदार्थको मौज्दात छ । त्यस्तै विभिन्न एलपी ग्यास उद्योगसँग ११ मेट्रिक टन ग्यास मौज्दात रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
युरोकप: आज राति पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै
असार १७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार