कक्षा कोठासम्म पुग्ने शिक्षक तालिमको खाँचो
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १८:२:१६
शिक्षा पत्रकार समूहको भर्चुअल अन्तरक्रिया–३
८ जेठ, काठमाडौं । कोरोना महामारीको संक्रमण फैलिन नदिन मुलुक दुई महिनादेखि लकडाउनमा छ । नयाँ शैक्षिक सत्र सुरु हुने र एसईईलगायतका परिक्षा संचालन हुने यो बेला विद्यालय बन्द छन् । कोरोना संकटको अहिलेको स्थितिमा शिक्षण सिकाईका नयाँ विधि र प्रविधिको खोजी भईरहेको छ । यस्तोमा पुरानै शैलीको शिक्षक तालिम कति प्रभावकारी होला भन्ने बहस सुरु भएको छ ।
शिक्षा पत्रकार समूहले हिजो बुधवार (७ जेठ, ०७७) मा आयोजना गरेको भर्चुअल अन्तरक्रिया ‘अबको शिक्षक तालिम कस्तो हुने ?’ का सहभागीले बदलिदो चुनौति सामना गर्नसक्ने शिक्षक जनशक्तिका लागि नयाँ तालिमको खाँचो औल्याएका छन् । विगतमा शिक्षकले तालिम केन्द्रमा सिकेको शिक्षण ज्ञान–सीप बाटोसम्म सम्झिने र कक्षा कोठा पुग्दा बिर्सिने स्थिति रहेकोमा प्रभाव कक्षा कोठामै देखिने र नतिजा आउनेगरी तालिम दिनुपर्नेमा जोड दिइयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले विद्यार्थीको सिकाइमा रुपान्तरण भयो-भएन भन्नेमै तालिमको औचित्य देखिने बताए । उनका अनुसार, तालिमको प्रभावकारिता चार तहमा जाँचिन्छ । पहिलो, तालिम लिने शिक्षकले नै तालिम प्रभावकारी रह्यो रहेन भनेर तत्कालै दिने जवाफ । दोस्रो, तालिमको परिक्षा मूल्याङ्कन । तेस्रो, तालिम लिनेको शिक्षण व्यवहार । र, चौथो विद्यार्थीको सिकाईमा रुपान्तरण । शिक्षण व्यवहार र विद्यार्थीको सिकाईमा रुपान्तरमाथि प्रश्न उठेकाले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको महानिर्देशक थपलियाले बताए ।
अहिले १० दिन केन्द्रमा र ५ दिन विद्यालयमा अभ्यास गराईन्छ । तालिम प्रभाव घट्दै जाँदा ‘तालिम’ शब्दप्रति नै नकारात्मक बुझाई हुन थालेपछि कार्यक्रमलाई शिक्षकको पेशागत विकास (टीपीडी)का रुपमा शिक्षण क्षमता बढाउन तालिम दिने गरिएको उल्लेख गर्दै महानिर्देशक थपलियाले भने, ‘एउटै स्ट्याण्डर्डले हुँदो रहेनछ । अब निश्चित स्टाण्डर्डचाहिँ चाहिन्छ तर परिवेशअनुसार विविध स्वरुपमा लचकता अपनाउनेगरी तालिमको डिजाइन हुँदैछ ।’
कोरोनाको कहरमा बालविकास कक्षादेखि १२ सम्मका ८२ लाख ५७ हजार विद्यार्थी लकडाउनमा छन् । उनीहरुका झण्डै ३ लाख शिक्षक पनि घरमै छन् । पठनपाठन ठप्प छ । यस्तो बेला खासगरी अनलाइन, रेडियो-टिभी, एप्स तथा रेकर्डेड माध्यमबाट पठनपाठन गराउनुपर्ने बाध्यता आइसकेको स्थितिमा शिक्षकहरुले प्रविधि नजानेकै कारण कुनै शैक्षिक गतिविधि हुन सकेको छैन । त्यसैले शिक्षक तालिमको पुरानो ढर्रामा सुधारको खाँचो देखिएको हो ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला निःशुल्क तालिमले नै तालिमको महत्व घटाएको बताउछन् । तालिम आवश्यकताका आधारमा सशुल्क हुनुपर्ने उल्लेख गर्दै उनी भन्छन्, ‘तालिम किन्ने हो । शिक्षक स्वयंले आफूलाई के कुरा नपुगेको हो, तिनलाई सशुल्क मोड्युलर तालिम दिउँ ।’ कोरोना कहरको यो बेला डाक्टर, प्रहरी अनि पत्रकार काममा खटिने तर, तीन लाख शिक्षक विदा मनाएर चुपचाप घरमा बसिरहन नमिल्ने उनको भनाई छ । अनलाइन, रेडियो-टिभि, एप्स तथा रेकर्डेड माध्यमबाट केगरी पढाउन सकिने हो शिक्षक स्वयंलाई तालिम प्याकेज बनाउन दिनुपर्ने कोइरालाको भनाई थियो ।
शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा अनलाइनको पहुँच भएका ठाउँमा शिक्षक सक्रिय रहेको बताए । एकाङ्की रुपमा शिक्षक घरभित्र बसे भन्न नमिल्ने उल्लेख गर्दै थापाले भने, ‘पाठ्यक्रमलाई विद्यार्थीसम्म पुर्याउने पात्र शिक्षक नै रहेकाले ऊ योग्य हुनुपर्नेमा शंका छैन । तर, शिक्षकको अवस्था पनि बुझ्नुपर्छ ।’ शिक्षक तालिम समय–सान्दर्भिक हुनु पर्नेमा उनको जोड थियो । अन्तरक्रियामा सहभागी निलबाराही मावि कालीमाटी काठमाडौंकी प्रधानाध्यापक डा. जानुका नेपाल पौडेलले नघोकाइकनै शिक्षकलाई तालिम दिइएको बताए । उनको भनाई थियो, विद्यालयलाई नै तालिम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दिनुपर्छ । आवश्यकताका आधारमा विद्यालयले नै तालिम चाहिने शिक्षकलाई अवसर दिन्छ ।
शैक्षिक तालिम केन्द्र बागमती प्रदेशका प्रमुख डा. तोयनाथ खनालले आवश्यकतामा आधारित पुनर्ताजगी तालिम दिने गरेको जानकारी दिए । ‘त्यहीँ पुनर्ताजगीलाई टेकेर हामीले अहिले शिक्षकलाई आवश्यकताकै आधारमा अनलाइन तालिम दिइरहेका छौं,’ उनको प्रष्टोक्ति थियो ।
नेपालमा सामुदायिक विद्यालयका ९८ प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने सरकारी आँकडा छ । तर, तालिमको प्रभावकारिता कक्षासम्म पुगेन भन्ने गुनासो आइरहँदा यसबारे ठोस अध्ययनको तथ्यचाहिँ बाहिर ल्याइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार